राजनीति

कात्तिक ४ पछि के होला ? सरकार कामचलाउ, संसद् स्वतः विघटन

कात्तिक ४ पछि के होला ? सरकार कामचलाउ, संसद् स्वतः विघटन

काठमाडौं । मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्था अनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ ।

संसद् समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित तोकिएको मितिमा भएन वा पछि सर्यो भने त्यसपछिको संवैधानिक र राजनीतिक रिक्तताबारे अनेक शंका उपशंका गर्न थालिएको छ ।

सत्तासीन माओवादी केन्द्रले विपक्षी एमालेसँग चुनावी तालमेल मात्र होइन पार्टी एकता नै गर्ने घोषणा गरेपछि चुनावको सुनिश्चितताबारे उनीहरु प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्षप्रति सशंकित बन्दै गएका छन् ।

यद्यपि, सात्ताको चाबी ढुक्कले हातमा राखिराख्न र तोकिएकै मितिमा चुनाव गर्न विपक्षी मोर्चाले देउवालाई आश्वस्त पारिरहेको छ ।

अन्नपूर्ण

विशेष