विचित्र विश्व

एउटा कचौराको दाम तीन करोड ८० लाख अमेरिकी डलर !

एउटा कचौराको दाम तीन करोड ८० लाख अमेरिकी डलर !

हङकङ। हङकङमा चुन ढुंंगाबाट बनेको एउटा कचौरा तीन करोड ८० लाख अमेरिकी डलरमा लिलाम भएको छ ।

चिनियाँ सांग राजवंशले प्रयोग गर्ने उक्त कचौरा लिलामीका क्रममा फोनमार्फत एक ब्यक्तिले किनेका हुन् । उनले आफनो परिचय गोप्य राखेका छन् ।

यो कचौरा एक हजार वर्ष पुरानो मानिन्छ ।

१३ सेन्टिमिटरको नीलो–हरियो रंगको कचौरा लिलामीका लागि १ करोड २० लाख डलरबाट शुरुवाती रकम तोकिएको थियो । २० पटकको बोल कबोलमा यो मूल्यमा बिक्री भएको हो ।

यसअघि चीनको राजबंशको समयको मदिराको एक प्याला ३ मिलियन अमेरिकी डलरमा बिक्री भएर रेकर्ड कायम गरेको थियो ।

विशेष