कमल थापा फेरी सरकारमा जाने, आकस्मिक केन्द्रीय समिति बैठक बोलाइयो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अहिले ११ बजे आकस्मिक बैठक बोलाइएको हो ।
बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने उक्त बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ ।