राजनीति

रविन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

रविन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंका २ क्षेत्रबाट आफ्ना संयोजक र सहसंयोजकलाई उठाउने भएको छ ।

विवेकशील साझाको उमेद्वार छनोट समितिले संयोजक रबिन्द्र मिश्रलाई क्षेत्र नम्बर १ र सहसंयोजक उज्जवल थापालाई ५ बाट उठाउने भएको हो ।

उम्मेदवार छनोट समितिले सिफारिस गरेको नाम केन्द्रिय समितिले अनुमोदन गर्नु पर्नेछ । विवेकशील साझा पार्टीकको केन्द्रिय समितीको बैठक आज बस्दैछ । सो बैठकले काठमाडौंका २ क्षेत्र अतिरिक्त देशका अन्य ठाँउका उमेद्वारको टुङ्गो लगाउने विवेकशील साझा पार्टीले जनाएको छ ।

 

विशेष