राजनीति

देउवा सरकारबाट माओवादी मन्त्रीहरुलाई बर्खास्त गरिँदै, कमल थापा नयाँ गृहमन्त्री

देउवा सरकारबाट माओवादी मन्त्रीहरुलाई बर्खास्त गरिँदै, कमल थापा नयाँ गृहमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने गरी राजनीतिक छलफल तीब्र पारेका छन् । पार्टी बैठकले समेत माओवादी मन्त्रीहरुलाई हटाउन दबाब दिएपछि प्रधानमन्त्री देउवाले अन्य राजनीतिक पार्टीसँगको संवादलाई घनिभूत पारेका हुन् । 

प्रधानमन्त्री देउवाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराउने गरी छलफल गरेका छन् । छलफल सकारात्मक रहेको स्रोतको दाबी छ ।

उता, सोमबार बिहान बसेको राप्रपाको कार्यसम्पादन बैठकले देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसमेत गरिसकेको छ । थापा बैठक स्थगित गरी मन्त्रालय भागबण्डा टुंग्याउन बालुवाटार गएका छन् ।

स्रोतका अनुसार, कार्यसम्पादन बैठकमा अध्यक्ष थापाले सरकारमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय पाउने जानकारी गराएका थिए । स्रोतका अनुसार थापाले बालुवाटार बैठकबाट अन्य चार मन्त्रालय टुंगो लगाएर आएपछि पुन कार्यसम्पादन बैठक बसी सरकारमा सहभागी हुने सांसदहरुको टुंगो लगाउनेछन् ।

विशेष