राजनीति मुख्य समाचार

भेट्ने होइन त रविन्द्र मिश्रलाई ?

भोलि नयाँ बानेश्वरको बानेश्वर बैंक्वेटमा विहान ११ बजेदेखि

भेट्ने होइन त रविन्द्र मिश्रलाई ?

काठमाडौं । काठमाडौंमा जन्मिएर नेपालको दुर्गम सुदूरपश्चिमको डोटी र दार्चुलामा हुर्किएका रविन्द्र मिश्र पछिल्लो समय नेपाली राजनीतिमा वैकल्पिक शक्ति बनेर उदाइरहेका छन् । बढ्दो भ्रष्टाचार र बेथितीको राजनीतिले नेपाललाई सखाप पार्न लागेको डरले लण्डनको हाईफाई जागिर छाडेर आफ्नै जन्मदेशमै राजनीतिक भविश्य खोजिरहेका एक जना सच्चा देशभक्त नेपाली हुन् मिश्र ।

उनी भोलि शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा नागरिकसँग प्रत्यक्ष सवाल जवाफ गर्न आउँदैछन् । त्यहाँ गएर मिश्रसँग नेपालको वर्तमान राजनीतिक अवस्था, चुनावी राजनीति, पत्रकारिता र विदेशका अनुभव सुन्न र सोध्न सकिन्छ ।

के तपाईं जान्न चाहनुहुन्छ कसरी एउटा सामान्य नेपाली केटो लण्डन पुगेर आफूलाई स्थापित गर्न सक्यो ?

किन ८ देखि १० लाख कमाउने बिबिसिको जागिर छाडेर नेपालमा उत्कृष्ट राजनीति गर्न भनेर आए, त्यसको प्रेरणाको स्रोत के होला ? यसमा तपाईंको जिज्ञासा छन् भने सोध्न सक्नु हुन्छ ।

साथै के उनले नेपालको राजनीतिमा तरंग ल्याउन सक्लान्, यसका लागि उनीसँग कस्ता योजनाहरु होलान् ? आफ्ना कौतुहलता मेट्न सक्नु हुने छ ।
उनले बेलायतमै जन्मिएका आफ्ना छोराछोरीलाई उतैको सुविधा र शिक्षा दिक्षा दिनबाट वञ्चित गराएर नेपालमै ल्याए, जबकी अधिकाँश नेपाली अभिभावक आफ्ना छोराछोरी विदेशमा पढाउन लालायित बनिरहेका बेला

विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं–१ मा प्रत्यक्षतर्फ उम्मेद्वार बनेको बेला चुनाव जित्ने उनको दाउपेच कस्ता होलान् ? त्यो पनि सोध्न सक्नु हुनेछ ।

स्पष्ट एवं प्रखर वक्ता मिश्रसँग ठाडो सवाल जवाफ, अन्तरंग गफगाफ र प्रत्यक्ष भेट्न चाहने आम नागरिकका लागि भनेर नेपाल आज फाउण्डेशनले भोलि शनिबार नयाँ बानेश्वरस्थित बानेश्वर बैक्वेक्टमा उनीसँग सवाल जवाफ कार्यक्रम राखेको हो । समयमै आफ्नो स्थान सुरक्षित गरी यो मौकाको सदुपयोग गर्न नेपाल आज अनुरोध गर्दछ ।


आफ्नो सीट सुरक्षित गर्न रजिस्टर गर्नुहोस्


 

विशेष