राजनीति

विगतका सहकर्मी, अहिले प्रतिस्पर्धी

विगतका सहकर्मी, अहिले प्रतिस्पर्धी

काठमाडौँ । १८ दिन अगाडिसम्म राजपाको एउटै कमिटीमा रहेका महेन्द्र राय यादव र जंगीलाल राय आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

महेन्द्र राजपा अध्यक्षमण्डलका नेता हुन् भने जंगीलाल महासचिव । अहिले महेन्द्र राजपाबाटै सर्लाही २ मा उम्मेदवार छन् भने जंगीलाल कांग्रेसबाट चुनाव लड्दैछन् । ‘हामी दुईबीचको सम्बन्ध राजनीतिक मात्रै हो, व्यक्तिगत होइन,’ बिहीबार सर्लाहीको हरिपूर्वा नगरपालिका ३ पुगेका जंगीलालले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘राजनीतिमा योसँग चुनाव लड्ने, योसँग नलड्ने भन्ने हुँदैन । जो अगाडि आउँछ, उसैसँग प्रतिस्पर्धा हुन्छ । अहिले महेन्द्रजीसँग हुँदै छ ।’

जंगीलालले कात्तिक ६ गते कांग्रेस प्रवेश गरेर टिकट लिएका हुन् । हुन त यी दुई नेता सात महिना मात्रै वैशाखयता मात्रै एउटै पार्टीमा रहे । त्यसअगाडि महेन्द्र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष थिए भने जंगीलाल महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री ।

अन्नपूर्ण

विशेष