राजनीति

ओलीको दावीः मेरो प्रतिस्पर्धी कोही छैन

ओलीको दावीः मेरो प्रतिस्पर्धी कोही छैन

काठमाडौं । प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी ।

अधिकारी १७ वर्षे अध्यापन पेसा छाडेर झापा ५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्, ‘म बौद्धिक व्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’

उता ओलीले निर्वाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे । ‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिस्पर्धी हुँदैन,’ उनले शुक्रबार दमकस्थित आफ्नो निवासमा कान्तिपुरसँग भने, ‘चुनावमा सहभागी हुनुभयो, स्वागत छ तर मेरो प्रतिस्पर्धी कोही छैन ।’ उनले कांग्रेस उम्मेदवारलाई आफूले नचिन्ने भन्दै ‘एक जना माडसाप’ चुनावमा आएको आफूले सुनेको बताए । आजको कान्तिपुरमा खबर छ ।

विशेष