राजनीति

विप्लवको अबको निशानामा प्रचण्ड

विप्लवको अबको निशानामा प्रचण्ड

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी केन्द्रका नेताहरुलाई आफ्नो निशाना बनाउन थालेको छ । सो समूहले शनिबार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा पारेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो । तर गाडिमा सामान्य मात्र क्षती पुगेको छ ।

बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको प्रहरीले जनाएको छ । पुनको दवावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता आक्रोशित थिए ।
विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । चुनाव प्रचारका लागि रोल्पाका उम्मेदवार समेत रहेका नेता पुन जिल्लामा रहेका बेला उहाँको गाडीलाई लक्षित गरी विस्फोट भएको हो । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो ।

पुनसहितको टोली ५ वटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको भए पनि बिचमा रहेको पुनकै गाडीलाई लक्षित गरेर माइन विस्फोट भएको हो । त्यो गाडीमा माओवादी समानुपातिक उम्मेदवारा जयपुरी घर्ती पनि थिइन् ।

यस्तै नेकपा एमालेका केहि नेता पनि पुनसँगै थिए । शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए । स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि आक्रमणको योजना बनेका सूचनाका आधारमा प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।

विशेष