राजनीति

पौडेलको प्रधानमन्त्री बन्ने सपना

पौडेलको प्रधानमन्त्री बन्ने सपना

तनहुँं । दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे ।

पौडेलमाथि मुलुकभर कांग्रेसलाई जिताउने जिम्मेवारी पनि छ । तर, आफ्नै निर्वाचन क्षेत्रमा थपिएको चुनौतीले उनलाई गाँजेको छ । एकातिर वामपन्थी गठबन्धन, अर्कोतर्फ आफ्नै दलका नेता गोविन्दराज जोशी पक्षको असहयोग ।

त्यसमाथि ‘पटकपटक एउटै व्यक्ति उम्मेदवार किन ?’ भन्ने प्रश्न पनि झेल्नुपरेको छ । पाँचपटक तनहुँबाट सांसद भइसकेका पौडेल यी चुनौतीका बीच छैटाै‌पल्ट किन उम्मेदवार बनेका छन् त रु प्रश्नको जवाफ उनले घुमाउरो शैलीमा दिए । आजको कान्तिपुरमा खबर छ ।

 

विशेष