राजनीति

यी हुन् एमालेलाई सहयोग गरेको भन्दै घरबाट निकालिएकी महिला

यी हुन् एमालेलाई सहयोग गरेको भन्दै घरबाट निकालिएकी महिला


काठमाडौं । चुनाव नजिकिंदै गर्दा मुगुका एक व्यक्तिले फरक दलमा लागेको भन्दै आफ्नी श्रीमतीलाई घर निकाला गरेका छन्।

कर्मारोङ गाउँपालिका ८ माँग्रीका कांग्रेस समर्थक ३१ बर्षीय निमाछिरिङ तामाङले दुई छोराछोरीसहित श्रीमती निमालाई घर निकाला गरेका हुन्। श्रीमतीले एमालेलाई सहयोग गरेपछि तामाङले श्रीमतीलाई घर निकाला गरेका छन्।

स्थानीय निकायको निर्वाचनमा निमाकी सासुआमा एमालेको तर्फबाट वडासदस्यमा विजयी भएकी थिइन्। श्रीमतीले आफ्नी आमालाई स्थानीय निर्वाचनमा मतदान गरेको, आफूले भनेको मान्छेलाई मतदान नगरी एमालेलाई सहयोग गरेको भन्दै तामाङ रुष्ट बनेका छन्।

श्रीमान्ले दिनहुँ मदिरा सेवन गर्दै कुटपिट गर्दै घर निकाला गरेपछि निमा छिमेकीको घरमा कोठा मागेर बस्न थालेकी छन्।

नागरिक 

विशेष