राजनीति

कांग्रेसले जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?

कांग्रेसले जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?

काठमाडौं । नेपाली कांग्रेसले आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

कुन जिल्लामा को केन्द्रीय प्रतिनिधि
सोलुखुम्बु खिलानाथ दाहाल
संखुवासभा धना खतिवडा
भोजपुर तारामान गुरुङ्ग
ओखलढुंगा मृदुला कोइराला
ताप्लेजुङ केशवकुमार वुढाथोकी
पाँचथर वेनुपराज प्रसाई
खोटाङ रमा पौडेल
नुवाकोट प्रा वासुदेव घिमिरे
रसुवा बहादुर सिंह लामा
धादिङ रामेश्वर उपाध्याय
सिन्धुपाल्चोक मिन विश्वकर्मा
दोलखा पुष्पा भुषाल
रामेछाप शोभाकर पराजुली
मुस्ताङ शोभियतबहादुर अधिकारी
म्याग्दी तिलक रानाभाट
बाग्लुङ कुमार खड्का
मनाङ डा हिमलाल घिमिरे
लम्जुङ धनबहादुर मास्की राना
गोरखा भेषराज दुवाडी
रूकुम पूर्वी भाग कृष्ण कार्की
रोल्पा पार्वता डिसी चौधरी
रूकुम पश्चिम भाग गेहेन्द्र गिरी
जाजरकोट गोविन्द मल्ल
हुम्ला डा प्रमोद अर्याल
मुगु डिल्लीराज तिवारी
जुम्ला सरस्वती शाह
कालिकोट आशा विक
डोल्पा विद्या खनाल
दार्चुला नरेन्द्र सिंह भण्डारी
बझाङ शंकरप्रसाद पाण्डे
बाजुरा अरुणप्रकाश सिंह राठौर
बैतडी दिलेन्द्रप्रसाद बडू

विशेष