राजनीति

बम आक्रमणबाट शेरधन राई बालबाल बचे, अंगरक्षक घाइते

बम आक्रमणबाट शेरधन राई बालबाल बचे, अंगरक्षक घाइते

भोजपुर । एमाले नेता एवं भोजपुर प्रदेशसभाका उम्मेद्वार शेरधन राईलाई लक्षित गरी मंगलबार विहान बम आक्रमण गरिएको छ । आक्रमणबाट पूर्वसञ्चारमन्त्री राई सकुशल रहेपनि अंगरक्षक घाइते भएका छन् । उनलाई बम आक्रमण गर्नेको पहिचान हुन सकेको छैन ।

राईमाथि कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै बम आक्रमण गरिएको हो । गोगनेको आमसभालाई सम्बोधन गर्न गाडीमा जाँदै गर्दा बम आक्रमण गरिएको हो ।

बम प्रहारबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।

यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । उनीहरुमाथि विप्लव माओवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।

 

विशेष