राजनीति

प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा हुनुहुन्छ । निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने केहीले नयाँ क्षेत्र रोज्नुभएको छ ।

यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ । प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । देउवासँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ ।

भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित हुनुभएको थियो । दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो । तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आकलन गरिँदै छ ।

यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो । अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् । आजको गोरखापत्रमा खबर छ ।

विशेष