राजनीति

सिराहामा वाम गठबन्धनको प्यानलै विजयी

सिराहामा वाम गठबन्धनको प्यानलै विजयी


लाहान । जिल्ला समन्वय समिति, सिरहामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन प्यानलै विजयी भएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा एमालेका सरोजकुमार यादव विजयी भएका हु्न् ।

समन्वय समितिको संयोजक र सहसंयोजकमा निर्वाचित ठाकुर र यादवले १८÷१८ मत प्राप्त गर्नुभएको छ भने संयोजक पदका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष बादलप्रसाद यादवले १४ तथा सहसंयोजक पदका प्रतिस्पर्धी नेपाली काँग्रेसका बिसुन साह बनियाँले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

त्यसैगरी, दलित तथा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका कृष्णमाया कामी, नेकपा एमालेबाट गीताकुमारी पासवान र नुरजहाँ खातुनले १८-१८ मत ल्याई विजयी भएका छन् निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी पुनातादेवी पासवान र रामप्यारी महतो कोइरीले १४÷१४ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, समितिका अन्य सदस्य पदमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेशकुमार सिंह, छविलाल यादव र शुभनारायण साहले १८÷१८ मत ल्याइ विजयी भएका छन् । प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका नागेन्द्रप्रसाद यादव र नेपाली काँग्रेसका सुरेन्द्र साहले चार–चार मत तथा फोरमका राजकुमार महतो र रामरतन कामतीले नौ–नौ मत प्राप्त गरे ।
साथै, दलित महिला सदस्यमा चेतरा मोची निर्विरोध निर्वाचित भएकी हुन् । सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४ जना जिल्ला सभासद् सदस्यमध्ये ३३ जनाले मतदान गरेका थिए ।

विशेष