राजनीति

भाग्यमानी ट्याक्सी ड्राइभर बने काँग्रेसका केन्द्रिय सदस्य, यस्तो छ देउवासँगको कनेक्सन

भाग्यमानी ट्याक्सी ड्राइभर बने काँग्रेसका केन्द्रिय सदस्य, यस्तो छ देउवासँगको कनेक्सन

काठमाडौं । समान्यतया कुनै पनि राजनैतिक दशलको केन्द्रीय तहमा पुग्नका लागि पार्टीभित्र ठूलै योगदान दिएको हुनु पर्दछ । तर, अब यो एउटा नारा र सिद्धान्तमा मात्र सीमित भएको छ । पार्टीमा योगदान दिएका, इमान्दार र कर्मठहरु हरेक क्षेत्रमा पछि पर्दै गएका छन् ।

गुण्डा नाइके, विभिन्न अभियोग लागेका विवादस्पद व्यक्तिहरुले आसन्न निर्वाचनका लागि विभिन्न पार्टीबाट धमाधम टिकट पाएको चर्चा सेलाउन नपाउदै, सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र विधानमाथि मजाक गर्दै आएको चर्चा चल्दै गर्दा अर्को मजाक भएको चर्चा अमेरिकामा रहेका नेपाली कांग्रेस निकटबीच हुन थालेको खबर छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति अमेरिकाका सभापति विवादास्पद व्यक्ति आनन्द विष्टलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेर सबैलाई आश्चर्य चकित बनाएका छन् । अमेरिकामा श्रम गर्ने वा कामले कोही ठूलो सानो त हुदैन । जुनसुकै काम गर्नु त्यसको सम्मान गरिन्छ । अमेरिकामा प्रायः नेपालीले गर्ने काम भनेकै थ्री डी९डर्टी, डेन्जर र डिफिकल्ट० । लगभग दुइ दशक अमेरिका बसेका विष्ट शुरुवाती दिनमा कांग्रेसकै अर्की प्रवासी नेतृ मृदुला कोइरालाको रेष्टुरेन्टमा काम गर्ने गरेका थिए ।

स्रोतका अनुसार, न्यु योर्क बस्दै आएका आनन्द विष्टको पछिल्लो काम भनेको उभर ९निजी वा भाडामा लिएको गाडीलाई आफ्नो फुर्सदको समय ट्याक्सीको रुपमा चलाउने० ड्राइभर हुन । त्यसो त धेरै नेपालीले यो काम गर्दछन् । मुख्यतया समय व्यवस्थापनमा यो काम सजिलो मानिन्छ । अमेरिकी काममा चाहिएको समयमा छुट्टी पाउनु पनि ठूलो सफलता मानिन्छ ।

न्यु योर्कमा रहेका र उभर ड्राइभर नै रहेकाहरु पनि आनन्द विष्टको आर्थिक गतिविधिबाट तीन छक परेका छन् । नाम उल्लेख नगर्ने शर्तमा न्युयोर्क बस्ने एक नेपाली भन्छन् “म पनि उभर नै चलाउछु, दिनको दश घण्टासम्म काम गर्दा त परिवार पाल्न धौ धौ नै छ, आनन्द विष्टजीले पनि अमेरिका हुँदा देखाएर गर्ने काम भनेको त्यही ड्राइभर पेशा नै हो तर कसरी जीवन चलाएका छन दङ्ग पर्छु ।”

न्यु योर्कमा रहेका नेपालीका अनुसार अमेरिकी नेपाली समाजमा आनन्द विष्ट अत्यन्त विवादित पात्र हुन् । उनकै कारण कांग्रेसको प्रवासी भातृ संगठन जन सम्पर्क समिति पटक पटक विवादमा आउने गरेको छ । एक काग्रेसी नेता भन्छन् जसरी शेरबहादुर देउवाले पार्टी विधानको धज्जी उडाएका छन् त्यसको सिको आनन्द विष्टले पनि अमेरिकामा गरेका छन् ।

मुख्यतय पार्टीका सदस्यसँग उठाइएको सदस्य शुल्क, लेभीको हिसाव पारदर्शी नहुने भन्दै आनन्दको आलोचना हुने गर्दछ । २०७२ को महाभूकम्पको बेलामा राहतका लागि उठाइएको मोटो रकम हिनामिना गरेको भनेर कार्यसमितिबाटै आनन्द विष्टलाई कारवाहीको बक्तव्यवाजी समेत भएको थियो । पछि कांग्रेसका केही नेताले त्यस घटनालाइ मिलाएका थिए । भूकम्प पीडितका लागि उठाइएको लगभग एक करोड रुपैयाँ कहाँ खर्च भयो त्यो अहिलेसम्म औपचारिकरुपमा खुलाइएको छैन ।
ती नेपाली भन्छन् “ठूलै व्यापार व्यवसाय हुनेका लागि छ बर्षमा एक पटक नेपाल आउजाउ गर्न गाह्रो हुन्छ, उभर चलाएकै भरमा हरेक महिना जस्तो नेपाल अमेरिका गर्ने पैसा यी विष्टलाई कहाँबाट आउछ रु”

देउवा कनेक्सन

सुदूर पश्चिमेली भए पनि शुरुका दिनमा आनन्द विष्ट कोइराला परिवार शक्तिमा भएको समयमा कोइराला परिवारकै नजिक थिए, मृदुला कोइरालाको रेष्टुरेन्टमा काम गर्ने आनन्दले उनकै सहयोगमा अमेरिका बसाई बैधानिक बनाउन पनि सफल भए । तर, जब देउवा पार्टीभित्र शक्तिमा आउने क्रम शुरु भयो त्यसपछि आन्नद पनि सुदूरपश्चिमको साइनो खोज्दै देउवा र आरजुको नजिक हुन पुगे ।

पछिल्लो समय आनन्द विष्ट र देउवा पत्नी आरजु राणाको ट्युनिङ मिलेको बनाइन्छ । त्यसै पनि आरजु मोटो रकम लिएर प्रधानमन्त्रीलाई दवावमा राख्दै काम गर्ने व्यक्ति भनेर हिजोका दिनमा देउवालाइ पार्टी सभापति बनाउन खटेका वरिष्ठ पत्रकारले नै अहिले आर्टिकल लेख्न थालेका छन् । स्रोत भन्छ “सक्षम युवा खोजेर बेलायत तथा भारतीय लाहुरेमा भर्ना गर्न पहिला पहिला जसरी गल्लाहरु गाउँ गाउँ घुम्थे त्यस्तै भूमिका अहिले आनन्द विष्टले पाएका छन्, अमेरिकामा पैसा कमाएका र नेपालमा विभिन्न किसिमका काम सल्टाउने व्यक्ति खोज्ने र त्यस्ता व्यक्तिलाई देउवा दम्पतिसम्म पु¥याउने ।”

उनलाई नजिकबाट चिन्ने नेपाली भन्छन् “आनन्द विष्टको बैधानिक आर्थिक स्रोत र अहिले उनको अमेरिकी जीवन शैली म्याच खाने खालको छैन । अमेरिकामा आरजुको आइपर्ने जुनसुकै कम गोप्य रुपमा गर्ने, अनेक तरिकाले चाकडी र डलरको व्यवस्थापन गर्ने मुख्य योग्यता भएका विष्टलाई केन्द्रीय सदस्य बनाएपछि अमेरिकामा रहेका नेपाली कांग्रेस भन्नेहरु छक्क परेका छन् । विष्टलाई नजिकबाट चिन्ने नेपाली चर्चा गर्छन, ुुअब डलर कमाएका नेपालीहरुको गलतबाटोबाट हुने काम फत्ते गर्न झन् सजिलो हुने भो ।”

उनीहरुको यस्तै गलत व्यापारलाई शक्ति सोर्सफार्स लगाएर फस्टाउन आनन्दलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको चर्चा न्यु ओर्कका नेपालीहरुले गर्न थालेका छन् । नत्र पार्टीमा २५र३० वर्षदेखि त्याग तपस्या गर्दै आएका कार्यकर्तालाई लत्याएर, दुई वर्षसम्म केन्द्रीय सदस्य र पदाधिकारी नै खालि राखेको समयमा आर्थिक हिनामिनामा फसेका विवादित व्यक्तिलाई किन मनोनित गर्न हतार भयो स्रोत प्रतिप्रश्न गर्छ ।

घटना र विचार साप्ताहिक

विशेष