राजनीति

नयाँ शक्ति पार्टीको ७ नम्बर प्रदेश इन्चार्ज भीमबहादुर कडायत एमालेमा प्रवेश

नयाँ शक्ति पार्टीको ७ नम्बर प्रदेश इन्चार्ज भीमबहादुर कडायत एमालेमा प्रवेश

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका नेता तथा प्रदेश नम्बर ७ का इन्चार्ज भीमबहादुर कडायत नेतृत्वको नयाँ शक्ति पार्टीको एक समूह नेकपा एमालेमा समायोजन भएको छ ।

भक्तपुरको लोकन्थलिमा मंगलबार आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भिमबहादुर कडायत नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समितिबीच समायोजन भएको छ । संयोजन समितिमा कडायतको नेतृत्वमा नयाँ शक्तिका विभिन्न जिम्मेवारीमा रहेका सयौ नेता तथा कार्यकर्ताहरु थिए अब ती सबै नेकपा एमालेमा आवद्द भएका छन ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाम गठबन्धन छाडेर कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसंग सहकार्य गरेपछि असन्तृष्ट रहेका कडायतले नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समिति गठन गरेका थिए ।

विशेष