विचित्र विश्व

संसारकै राम्री सेक्युरिटी गार्ड

संसारकै राम्री सेक्युरिटी गार्ड


एजेन्सी । अस्ट्रेलियाको एक जेलमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने इसाबेली डेल्टोरीलाई जेलका कैदीहरूले विश्वकै राम्री सेक्युरिटी गार्डको उपनाम दिएका छन् । जेलका कर्मचारी तथा कैदीहरूले सधैं फरक दृष्टिकोण राखेर हेर्ने र जिस्क्याउने इसाबेलीले हालै एक पत्रिकालाई अन्तवार्ता दिने क्रममा उक्त कुरा सार्वजनिक गरेकी हुन् ।

जेलका एक कैदीले अश्लील गाली गर्ने क्रममा यो केटी गार्ड होइन मोडल हुनुपर्ने भनेपछि उनमा मोडलिङको भूत सवार भयो । मोडल त बन्ने तर कसरी भनेर सोच्दासोच्दै उनले एक नाइट क्लबमा स्ट्रिप डान्सरको काम पाइन् । उनले त्यहाँ पहिलो दिनमै सेक्युरिटी गार्डका रूपमा दुई सातामा कमाउने पैसा एकै रातमा कमाइन् ।

काम भनेको यो पो रहेछ भनेर उनले भोलिपल्टै सेक्युरिटी गार्डको जागिरबाट राजीनामा दिइन् । त्यसपछि सौन्दर्य प्रतियोगितामा समेत सहभागी भएकी इसाबेलीले मिस वल्र्ड न्यूड ब्युटी कन्टेस्टमा उपाधि नै जितिन् । उनी अहिले आफ्नो करियरमा यो मोड आउनुको श्रेय ती कैदीहरूलाई दिन्छिन्, जसले उनलाई विश्वकै राम्री सेक्युरिटी गार्डको उपनाम दिएका थिए ।

विशेष