नुवाकोटमा डा. महतमाथि लक्षित गर्दै बम विस्फोट, तीन घाइते
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट गराइएको छ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका डा. महतको चुनावी टोलीलाई लक्षित गरी ककनी–५, काउलेथामा बम विष्फोट गराइएको हो । त्यस क्रममा बमको छर्रा लागेर तीन जना कार्यकर्ता घाइते भएका छन् ।