जर्नादन शर्मालाई चप्पल हिर्काएपछि .....
रुकुम । माआवादी नेता विनाविभागिय मन्त्री जर्नादन शर्मा प्रभाकार माथी स्थानीय एक महिलाले आफूले लगाएको चप्पल खोलेर सभास्थलमै प्रहार गरेकी छन् ।
शर्मा चुनावी सभाका क्रममा बोल्दै गर्दा शहीद परिवार निर्मला खड्काले चप्पलले हिर्काएकी थिइन् । उक्त घटना पछि वाईसिएलले निर्मला माथी निर्घात कुटेको उनका बुबा चन्द्र बहादुर खड्काले जानकारी दिएका छन् ।
घाइते अवस्थामै निर्मलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अस्पताल पुर्याईयो अथवा प्रहरी चौकीमै राखीएको छ त्यो भने खुल्न सकेको छैन् ।
निर्मलाले शर्माले पटक पटक रुकुमाट जित्ने, शहीद परिवारको भोटले मन्त्री भएको तर एक पटक पनि ती परिवारलाई फर्केर नहेरेको बताँउदै आक्रोस पोख्न लाई चप्पलले हिर्काएका एक प्रत्यक्षदर्शीले बताए ।