राजनीति

'गगन थापाको काम : नक्कली फोटोबाट करोडौँ दाम’ (भिडियोसहित)

'गगन थापाको काम :  नक्कली फोटोबाट करोडौँ दाम’ (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् प्रदेशसभा निर्वाचनमा एमालेका उम्मेद्वार केशव स्थापितले चुनावको मुखैमा काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगन थापामाथि गम्भीर आरोप लगाएका छन् । उनले पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस प्रवक्ता गगन थापाले कृषि अनुदान लिएर करोडौं रुपैयाँको बाख्रापालन गरेको र त्यसको रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् । ‘सरकारी कोषबाट ठूलो रकम लिए र एउटा फोटो पोष्ट गरे, हिसाव गरेनन्,’ उनको आरोप छ ।
‘गगन थापाले एउटा औंला उठाएर सबैसँग अरुका हिसाब माग्छन् तर आफूले गरेको बाख्रा पालनको हिसाब जनताले माग्दा किन दिएनन् ?’ उनले भने । बाख्रापालन गरेको फोटो देखेपछि स्थापित बाख्राको खोर हेर्न पुगेका रहेछन् । त्यो देखेर उनी जिल परे । गाउँमा त न बाख्रा रहेछ न खोर । त्यसपछि उनले स्थानीय वासिन्दासँग जान्न चाहे । स्थानीय जनतासँग बुझ्न खोज्दा काजी सापले केके गरे गरे भन्ने जवाफ पाए ।

‘कि त गगन थापाले बाख्रा नै पालेको होइन भन्नु पर्याे, कि मसँग हिड्ने कार्यकर्ताले मासु खाए भनेर जवाफ दिनु पर्यो,’ उनले व्यंग्य गरे ।
थापासंग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । उनीसँग सम्पर्क हुने बितिक्कै उनको धारणा पनि पोष्ट गर्ने छौं ।

">

विशेष