राजनीति

प्रचण्डको पछि लागेर केही नहुने देखेपछि राप्रपा प्रवेश गरी रेखा पशुपतिका लागि भोट माग्दै

प्रचण्डको पछि लागेर केही नहुने देखेपछि राप्रपा प्रवेश गरी रेखा पशुपतिका लागि भोट माग्दै

सिन्धुपाल्चोक । चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्संख्यक समुदाय माझी गाउँमा भेटिइन। पर्दामा देखिइरहने उनलाई प्रत्यक्ष भेटेपछि स्थानीय माझी समुदायका महिला र बालबालिकाले घेरिहाले। आदरपूर्वक नमस्ते गर्दै उनले महिलाहरुसँग भलाकुसारी गरिन् । सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सोधिन्। स्थानीय केटाकेटीसँगै परिचय गर्दै पढाइबारे जानकारी लिइन् ।

अबिरल बहिरहने इन्द्रावती नदीको सुन्दर यो गाउँमा उनी फिल्म सुटिङका लागि आएकी होइनन् । केही समयका लागि फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा आएकी हुन् । अभिनेतृबाट उनले महिला नेतृको परिचय पनि थपेकी छिन् । उनी राप्रपा (प्रजातान्त्रिक) कि सहमहामन्त्रीसमेत हुन् । उनका पार्टी अध्यक्ष पशुपतिसम्शेर राणा सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्।
त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो । ‘लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रचार गर्न यहाँ आएकी हुँ,’ उनले भनिन, ‘विशेष त हाम्रा अध्यक्ष (राणा) लाई जिताउने अभियानमा छु।’ माझी समुदायसँग भोट मागेपछि उनले राणाको पक्षमा देखिएको लहरले उत्साही भएको बताइन् ।
स्थानीय महिलाले गाउँमा खानेपानी र सिँचाइको धेरै दुःख रहेको गुनासो नायिका थापासँग सुनाए। उनको आगमनको खबरपछि विद्यालय नै खाली गरेर आएका विद्यार्थीले थापालाई घेर्दै विद्यालय भवन गतिलो नभएको दुःखेसो पाखे । ‘गाउँ तल इन्द्रावती बहिरहेको छ । विद्यालयमा पानी पिउन नपाइ काकाकुल हुन्छौँ,’ सेल्फी खिचाउँदै उनीहरुले थापासँग भने ।
नागरिक दैनिकबाट

विशेष