भक्तपुरमा शिव सेनाको विशाल जनप्रदर्शन
काठमाडौं । हिन्दू राष्ट्र नेपाल र राजसंस्था पुनस्र्थापनाको माग राख्दै शिव सेना नेपालले पहिलो चरणको आन्दोलन बिहीबारदेखि सुरु गरेको छ । भक्तपुरको कमल विनायकमा बिहीकार शिव सेना नेपालले एक विशाल जनप्रदर्शन गरेको छ । सो प्रदर्शनमा हिन्दू राष्ट्र स्थापना र राजसंस्था पुनस्र्थापनाको माग गर्दै हजारौं सर्वसाधारण सहभागी भएका थिए ।
शिव सेना नेपालले मंसिर १ गते शुक्रबार ललितपुर जावलाखेलमा, मंसिर २ गते काठमाडौं हनुमानढोकामा, मंसिर ३ गते काठमाडौं भद्रकालीमा, मंसिर ४ गते पशुपतिनाथ वनकालीमा, पाँच गते मैतिदेवीमा र ६ गते काठमाडौं महादेवस्थानमा कार्यक्रमको आयोजना गर्दै छ ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले शिव सेनाले बोकेको लक्ष्य पूरा नहुञ्जेल यस्ता कार्यक्रमको आयोजना भइरहने बताए ।
यो कार्यक्रमको संयोजन तथा आयोजना शिव सेना नेपाल र उसका भातृ भगिनी सिंगठनहरुले गरेका छन् ।