राजनीति

अस्पतालमा बम हान्न लगाएर ‘पार्टनर’ लखटे, बने एक्लो मालिक, अब कांग्रेसको उम्मेदवार

नटवरलाल डाक्टर र नोबेलको रामकहानी

अस्पतालमा बम हान्न लगाएर ‘पार्टनर’ लखटे, बने एक्लो मालिक, अब कांग्रेसको उम्मेदवार

काठमाडाैं । रहस्यम इतिहास बोकेको विराटगर कञ्चनबारी ४ स्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा मोरङको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसको उम्मेदवार छन् । शर्मा र नोबेलको विवादित विगत उनी उम्मेदवार बनेपछि झनै चर्चामा छ । उनी कसरी नोबेलमा प्रवेश गरे, उनका पछाडि को–को थिए, विवादको चुरो के हो, र के के घटनाहरु भए ?

कसरी बन्यो नोबेलको सोच
२०५५ सालमा काठमाडौंमा नोवल एकेडेमी र नोवेल इन्ष्टिच्युट सञ्चालन गरिरहेका युवाहरुलालाई सुबिधासम्पन्न मेडिकल कलेज चलाउने सोच पलायो । नवराज पाण्डे, रविन दहाल, उमेश पाण्डे आदित्य खनाललगायले मिलेर मेडिकल कलेज खोल्ने तयारी गरे । कलेजको लागि नवराज र रविन मिलेर काठमाडौको दुहाकोटमा २ सय रोपनी जग्गा खरिदको तयारी भयो । त्यही क्रममा काठमाडौं नभएर गृहनगर बिराटनगरमा मेडिकल कलेज खोल्ने सुझाब धेरैबाट पाएपछि उनीहरु त्यही तयारीमा जुटे ।

मेडिकल कलेजको सपनालाई मुर्तरुप दिन उनीहरुलाई एउटा नेतृत्व लिने फिगर चाहिन्थ्यो । जसले आम मानिसलाई विश्वास दिलाउन सकोस । त्यो बेला डा.ज्ञानेन्द्र गिरी बिराटगरमा चर्चित थिए । उनको गुडविल स्वास्थ्य सेवामा राम्रो थियो । डा.गिरीलाई भेटेर उनिहरुले नेतृत्व लिन आग्रह गरे । गिरीले केही दिन सोचविचार गरेर नेतृत्व लिन तयार भएपछि २०५७ मानोबेल कम्पनी तयार भयो ।

कम्पनीको सोच त तयार भएपनि कलेज खोल्न जग्गा थिएन । विराटनगरमा कलेजका लागि जग्गा खोजी तीव्र भयो । धेरै स्थानमा जग्गा हेरेपनि त्यो खरिद गर्ने रकम उनीहरुसँग तत्काल थिएन । नेपाली काँगेसका जिल्ला नेता चुमनारायण तवदारलाई भेटेर उनीहरुले केही पछि रकम दिनेगरी जग्गा पास गरिदिन आग्रह गरे । डा.गिरीको छबि राम्रो भएकोले तवदारले बैना मात्र लिएर तत्काल विराटनगर ५ (हाल विराटनगर ४) कञ्चनवारी पछाडि रहेको १५ विगाहा ९ कठ्ठा जग्गा प्रतिविगाहा १२ लाख रुपैयाँका दरले तत्काल पास गरिदिए ।

कलेजका लागि जग्गा किनिसकेपछि कलेज दर्ता गर्न कम्पनी बनाउने तयारी भयो । डा.गिरीको अध्यक्षतमा कम्पनीको बिधान तयार भयो । अध्यक्ष डा.ज्ञानेन्द्र गिरी र नवराज पाण्डे मेनेजिङ डायरेक्टर बने । कम्पनीको ५० करोड बरावर पुँजी स्थापना भयो । जसमध्ये १७ करोड शेयरबाट र १० करोड उधारो थियो ।

कम्पनी दर्ता भएपछि बिराटनगरमा धमाधम अस्पतालको भवन निर्माण सुरु भयो । तर, मेडिकल कलेजले सञ्चालन अनुमति पाएको थिएन । तत्कालिन शिक्षामन्त्री हरिबहादुर बस्नेतले कम्पनीको फाईल रोकिदिएपछि सञ्चालकहरुले विराटनगरका पूर्व प्रधानपञ्च रामकृष्ण भट्टराईसँग सम्पर्क गरे । रामकृष्णले आफूलाई पनि शेयर सदस्य बनाउने भए मन्त्रालयमा अड्किएको फाईल अगाडि बढाउन पहल गर्ने बताए । शाही शासन रहेकोले नाबेल टिमसँग विकल्प थिएन । उनीहरुले रामकृष्णलाई पनि शेयर सदस्य बनाए ।
मेडिकल कलेज सञ्चालन हुनेमा हामी सबै ढुक्क भए । सुरुमा ४० करोड बरावरको लागानी गर्ने तय भयो । अस्पताल निर्माणको काम सुरु गरियो । कलेजको एकतले भवन बनिसकेको थियो । डा.गिरीको पहलमा कोशी अञ्चल अस्पतालले नोवेललाई दुई वर्ष प्राक्टिस चलाउन दिने सहमति पनि गरिसकेको थियो । तर, पुनः स्वास्थ्य मन्त्रालयले अनुमति रोकिदियो ।

सञ्चालकहरुले तात्कालिन स्वास्थ्य सचिव लोकमानसिंह कार्कीसँग हार गुहार गरे । कार्कीले विराटनगर पोखरियामा रहेको आफनो बाबु भुपालमानसिंह ग्राममा रहेको घर भाडामा लिने सर्तमा अनुमति फुकुवा गरिदिने बचन दिए । नोबेलले कार्कीको घर महिनाको १ लाख रुपैयाँ तिर्नेगरी भाडामा लिएर केन्द्रिय कार्यालय स्थापना ग¥यो ।

अब भने कलेज सञ्चालन हुनेमा सञ्चालक विस्वस्त थिए । तर, नेपाली काँगेसका केही उच्च नेताहरुले आपूmहरुलाई वास्ता नगरी मेडिकल कलेज चलाउन लागेको भन्दै कोशी अञ्चल अस्पतालसँग भएको सम्झौता खारेज गरिदिए । कलेजको अस्पतालको भवन बनिसकेको थिएन भने विद्यार्थीहरुलाई भर्ना लिईसकेको अवस्था भएकोले सिमित पूँजी भएका सञ्चालकहरु आत्तिए । त्यही बेला शाही शासनको अन्त भएपछि उनीहरुको काम पुनः अबरुद्ध भयो ।

नयाँ सरकारले मेडिकल कलेज स्थापना गर्न अम्रेला कानुन बनायो । जस अनुसार मेडिकल कलेजले विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्ने प्राबधान राखियो । नोबेलले पूर्वाञ्चल विश्वविद्यालयवाट सम्वन्धन लिने प्रयास गरेपनि विश्वविद्यालयमा मेडिकल डिन नभएकोले काठमाडौं विश्वविद्यालयमा पलह थाल्यो ।

कसरी भित्रिए सुनील

सम्बन्धनमा झुलिरहेका नोबेल सञ्चालकहरुलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका डा.शेखर कोइरालासँग नजिकको सम्बन्ध भएका सुनिल शर्माले सम्बन्धन दिलाईदिने आश्वासन दिए । शर्माले काठमाडांै विश्वविद्यालयबाट सम्वन्धन दिलाउन डा. शेखरमार्फत पहल गर्ने भन्दै आफूलाई पनि शेयर सदस्य बनाउन माग गरे । डा.शेखरले पनि सुनिललाई शेयर दिएमा सम्बन्धन सहज हुने बताए । डा. शेखरले त्यसबेला सुनिललाई २० प्रतिशत शेयर नदिए सम्बन्धन रोकिने चेतावनी फोनबाट दिएको डा. गिरी सम्झन्छन् । त्यसबेला शिक्षामन्त्री रहेका काँग्रेस नेता आमोद उपाध्यायले भने नोबेल सञ्चालन गर्न आफ्ना छोरा संजिव उपाध्यायलाई शेयर सदस्य बनाए सम्बन्धन दिलाईदिने आश्वासन दिए ।

करोडौं लगानी गरिसकेका डा.गिरीसहित सञ्चालकहरुसँग विकल्प थिएन । उनीहरुले सुनिल र सञ्जिव दुबैलाई शेयर सदस्य बनाए । त्यसपछि आमोदले कलेजको सम्वन्धन दिलाउन पहल गरे । आमोदकै आग्रहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षमा बालुवाटारमै बसेको केयुको बैठकले नोबेललाई सम्वन्धन दिने निर्णय गरिएको थियो । सम्वन्धन दिएवापत नोवेलले केयुलाई ४ करोड बरावरको होस्टल निर्माण गरिदिने सहमति भएको थियो ।

धुर्त शैलीका सुनिलले नोबेल प्रवेश गरेपछि संस्थापक सञ्चालक नवराज पाण्डेसँग निकट सम्बन्ध बनाए । पाण्डेकै प्रस्तावमा सुनिललाई कम्पनीको निर्देशक नियुक्ति गरियो । त्यसपछि सुनिलले सञ्चालकहरुबीच फाटो ल्याउने काम गर्न थाले । हक्की र सन्की स्वभावका अध्यक्ष गिरी भने शर्मालाई रुचाउँदैनथे । तर, पाण्डे भने शर्मालाई साथ लिएमा काम छिटो हुने विश्वासमा थिए ।

सुनीललाई हटाउने तयारी

नोबेलमा प्रवेश लगत्तै सुनिलको छलकपट प्रकट भएको थियो । कम्पनीमा शेयर किन्न उनले काठमाडौको वानेश्वरमा रहेको जग्गा पास गरिदिएकोमा उक्त जमिन उनकी आमाले आफ्नो जग्गा भन्दै मुद्दा हालेर बेचविखनमा रोक लगाईदिइन् । त्यसपनि शर्मा उधारो लगानीमा शेयर सदस्य मात्र नभएर निर्देशकको पदमा कायम रहे । उनै शर्माले गिरीसँग खटपट परेपछि पाण्डेलाई अध्यक्ष बन्न उचाल्न थाले । सञ्चालकहरुबीच फाटो आएपछि डा.गिरी अस्पताल जानै छाडे ।

यता कलेजको जग्गाको रकम भुक्तानी भईसकेको थिएन । तर, कलेज सञ्चालन भइसकेको थियो । र खर्च पनि बढिरहेको थियो । कर्मचारीहरु नियुक्त भइसकेका थिए । यसैवीचमा विराटनगर मुनालपथका युवा आदित्य शर्मा (खनाल) कलेजमा शेयर सदस्यका रुपमा प्रवेश गरे । उनी अस्पताल र कलेज चलाउन डा.गिरी र पाण्डे दुबैको आवश्यकता छ भन्ने मध्ममार्गी सोच राख्थे ।

उनको सोच सुनिल शर्माको उद्देश्यमाथि बाधक थियो । खनालकै पहलमा सञ्चालकबीच विवाद ल्याउने काम शर्माले गरेको ठहरसहित उनलाई सञ्चालक समितिबाट हटाउने सहमति बन्यो । त्यसपहिले सुनिलकै इशारामा चल्न थालेका पाण्डेले कम्पनी रजिष्टारको कार्यालयमा शर्मा विरुद्ध उजुरी गरे । विनालगानी कलेजको ११ प्रतिशत शेयरको मालिक बनेका उनलाई कम्पनी रजिष्ट्रारको कार्यालयले ६० दिनभित्र कम्पनीको सवै शेयर फिर्ता गर्न निर्देशन दियो ।

अपहरण र बम आतंकको श्रृंखला

कम्पनी रजिष्टारको निर्देशनपछि शर्माले कम्पनीको सेयर फिर्ता गर्ने विश्वास अन्य सञ्चालकमा थियो । त्यहीबेला कम्पनीको सेयर फिर्ता गर्न कागजात तयार गनुपर्ने भन्दै शर्माले कलेजका सञ्चालक समिति अध्यक्षसहित सदस्यहरुलाई काठमाडौं बोलाए । अध्यक्ष डा.ज्ञानेन्द्र गिरी, निर्देशक नवराज पाण्डे, सदस्यहरु आदित्य खनाल, उमेश पाण्डे र जग्गु रिजाल सुनिलबाट छुटकरा पाउने आसमा काठमाडांै हिँडे । काठमाडौं विमानस्थलमा ओर्लनसाथ उनीहरुको अपहरण भयो ।

अपहरणकर्ताले कलेजका सञ्चालकहरुबाट सबै कागजात र नगद कव्जामा लिए । उनीहरुमाथि ज्यानमार्ने धम्की दिईयो । कुटपिट भयो । सञ्चालकहरुको अपहरण सुनिल शर्माले नै गराएका थिए । शान्ति प्रक्रियामा आएको माओवादीको युवा संगठन वाईसिएलका तत्कालिन उपत्यका इञ्चार्ज सागर थापालाई प्रयोग गरेर उनीहरुको अपहरण गरिएको थियो । त्यही क्रममा सञ्चालकहरुलाई सुनिललाई हटाउने हैन आफै कम्पनी छाड्ने व्यहोराको कागजमा सही गर्न लगाइयो ।

अपहरण काण्डले देशव्यापी चर्चा पायो । शर्मा विरुद्ध जाहेरी प¥यो । प्रहरीले शर्माको खोजी थालेपछि उनी भुमिगत जस्तै भए । तर, काँग्रेस नेताको संरक्षणमा उनी खुला भए । उनीमाथि कुनै कार्वाही भएन । माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले घटनामा माफी माग्दै दोषीलाई कार्वाही गर्न माग गरे । त्यही बेला डिफेन्स आर्मीको आवरणमा कलेजका निर्देशक नवराज पाण्डेका भाई रमेश पाण्डेको अपहरण भयो । उनलाई २८ दिनसम्म भारतमा लगेर बन्धक बनाइयो । कलेजको सबै शर्माले कागजात आफ्नो नाममा पारिसकेपछि मात्र पाण्डे रिहा भएका थिए ।

नोबेलका सञ्चालकहरुको घर र कलेजमा श्रृंखलाबद्ध बम विस्फोटका घटना हुनथाले । त्यसको जिम्मा अतिहिन्दुवादी भनेर चिनिएको संगठन डिफेन्स आर्मीका कमाण्डर आरपी मैनालीले लिने गरेका थिए । उनै शर्माले डिफेन्स आर्मीका कमाण्डर मैनालीसँग साँठगाँठ गरेर विष्फोट गराएको प्रहरी अनुसन्धानले देखाएको थियो । विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले डिफेन्स आर्मीका सुप्रिम कमाण्डर आरपी मैनाली, उपकमाण्डर त्रिभुवन यादव, सुनिलका सहयोगी रहेका नोवेलका कर्मचारी काशी चुँडाल र राजेश चौधरीलाई पक्राउ गरेको थियो । तर, शर्मा भने उच्च राजनीतिक संरक्षणकै कारण पक्राउ परेनन् ।

त्यसबेला शर्मा र आरपीबीच भएको फोनवार्ताको रेकड सुरक्षित रहेको भन्दै समाचारसमेत सार्वजनिक भएको थियो । ती समाचार अनुसार आरपी र शर्माबीच भएको फोन वार्तामा शर्माले लाखौ रकम दिन बाँकी रहेको भन्दे आरपीले ताकेता गरेको जिकिर थियो । स्रोतका अनुसार आफ्नो उद्देश्य सफल भएपछि शर्माले नै आफ्ना सहयोग चुँडाललाई पक्राउ गराएर मैनालीलाई पनि पक्राउ गराएका थिए ।

यसरी एकलौटी बनाए नोबेल

लगातारका घटनापछि नोबेल कलेज बन्द प्रायः भयो । अस्पतालमा विरामीहरु आउन छाडे । पहिले सञ्चालकको विवाद र पछि अपरणकाण्डले गर्दा नोवेल विराटनगरवासीकै लागि घाँडो जस्तो भयो । कर्मचारीहरुले तलब नपाएको भन्दै आन्दोलन चर्काउन थाले । विद्यार्थीहरु भविष्य धरापमा परेको भन्दै कलेज सञ्चालन गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै धर्ना र जुलुस गर्न बाध्य भए । कलजेमा आवश्यक सामग्रीहरु सप्लाई गर्ने खुद्रा र थोक व्यापारीहरुले पैसाको ताकेता गर्न थाले । विवादको चोट र आर्थिक दुरावस्थाले गर्दा कलेज बन्द हुन पुगेको थियो ।

संकटमा परेपछि सञ्चालकहरुले नोवेल कम्पनी बेच्ने मनस्थिती बनाए । कलेज लिन केही नेपाली र भारतीय कम्पनीहरु तयार भए । तर, कसैलाई पनि कम्पनी किन्न दिईएन । उच्च शत्तिबवाट शर्माले फोन गराएर धाकधम्की दिने गरेकोले सबै पछि हटे । त्यसपछि सञ्चालकहरुले बाध्य भएर कलेज शर्मालाई नै किन्न आग्रह गरे । तर, उनले पनि किन्न मानेनन् । बरु, तत्काल आपूmलाई सञ्चालन गर्ने जिम्मा दिएमा पछि शेयर फिर्ता गर्ने सर्त राखे । कलेजमा विद्यार्थी र कर्मचारीहरुको निरन्तर आन्दोलन र व्यापारीहरुलाई तिर्नुपर्ने बक्यौता रकमको बोझले वाक्क भएर सञ्चालकहरुले तत्काल शर्मालाई कलेज चलाउन दिने र पछि शेयरको रकम फिर्ता लिने सहमतिमा कलेज जिम्मा लगाए ।

कलेज पूर्ण रुपमा हत्याएपछि विराट नर्सिङ होमका सञ्चालक डा.ज्ञानेन्द्र कार्कीलाई ५० प्रतिशत शेयरसहित शर्माले नोवेलमा भित्र्याए । डा.कार्कीसँग तत्काल कलेज चलाउन पुँजी र बुद्धि दुबै थियो । जुन सुनिलसँग थिएन । कार्कीले लगानी गरेपछि कलेज सञ्चालन भयो । डा. कार्कीले नोवेललाई नमुना अस्पताल बनाउने योजना अगाडि ल्याए । नोवेल राम्रो सञ्चालनमा आएपछि उनले आफ्नो नर्सिङ होमलाई नोबेलमै मर्ज गराउनेसम्म सोचेका थिए ।

तर, शर्मासँग कार्की ६ महिना पनि टिकेनन् । शर्माले कलेजको नाममा रहेको सबै जग्गा आफ्नो आमाको नाममा राखेपछि डा.कार्की हच्किए । उनीहरुबीच विवाद बढ्यो । त्यसपछि यसअघिका सञ्चालकलाई जस्तै कार्कीलाई अज्ञात समूहबाट धम्की आउन थाल्यो । कार्की विरुद्ध कलेजकै विद्यार्थी विभाजित गराएर आन्दोलन चर्काइयो । म्यागी सेनाका नाममा कार्कीको घरमा २०६६ मा सुतली बम विस्फोट गराइयो ।

त्यसपछि भयभित र वाक्क दिक्क भएर डा.कार्कीले शेयर फिर्ता लिए । कार्कीले शेयर फिर्ता लिएपछि बिनापैसा छिरेका सुनिश शर्माले करोडौको लगानीमा बनेर सञ्चालनमा आएको नोबेल कलेज र अस्पतालको एकल हर्ताकर्ता बने ।
कलेज आफ्नो बनाएपछि शर्माले युएनमा काम गर्दै गरेका आफना दाजु केपी शर्मालाई ल्याएर कलेजको निर्देशक बनाए । तर, सहोदार दाजु भएपनि भाई सुनिलको व्यावहारबाट आजित भएर उनले बिचमै कलेज छाडिदिए । पूर्वाञ्चल विश्वविद्यायका पूर्वरजिष्टार भोगेन्द्र आर्चाय र डा. नरायणकुमारलाई डा. शेखर कोइरालाको योजनामा प्रवेश गराए । तर, उनीहरु पनि अस्पतालमा टिक्न सकेनन ।

शर्माले केही वर्ष बाबु त्रिलोक न्यौपानेलाई अस्पतालको अध्यक्ष बनाए । त्यो बेला उनलाई अख्तियारले अनुसन्धान गरिरहेको थियो । पछि स्थिति साम्य भएपछि उनले बाबुलाई अध्यक्षबाट हटाएर आफै अध्यक्ष बने ।

 

शर्माका निर्देशक शेखर हुन्
डा.ज्ञानेन्द्र गिरी

‘म र डा शेखर कोइराला दिल्लीको एम्स कलेजमा सँगसँगै पढेका हौं । मैले एम्समा टप गरेर एमडी गरे । डा.शेखरले पनि त्यहीबाट एमडी गरेका हुन् । म कोशी अस्पतालको डाक्टर थिएँ र बिदा लिएर एमडी गर्न गएको थिएँ । म पढेर आउँदा शेखर पनि कोशीमै मेडिकल अफिसर थिए । म जागिरको हिसावले सिनियर थिएँ । उनी आफूलाई सिनियर ठान्थे । यसैले उनले मप्रति हिनभावना लिए । म पनि उनीसँग टेर्दिनथे । अर्कोतिर अस्पताल क्लिनिक सबैतिर प्रसिद्ध थिएँ । सबैले मलाई नै खोज्थे । मलाई भ्याई नभ्याई थियो । सायद यही कारणले पनि शेखर मसँग जलेका हुन ।

शेखरले मलाई कहिल्यै सहयोग गरेनन् । जहिल्यै पछाडी बसेर मलाई हतोत्साही गर्ने काम मात्रै गरिरहे । म पहिले पनि चिकित्सा क्षेत्रमै थिए र अझै पनि छु । शेखर चाँही केही समयपछि बीपी स्वास्थ्य प्रतिष्ठानको उपकुलपति भए र पछि सक्रिय राजनीतिमा लागे । अहिले उनी मोरङ क्षेत्र नम्बर ६ मा काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।

हामीले नाबेलको सम्बन्धन लिने पहल गर्दा नै थाहा पाएको हो सुनिल शर्मा डा.शेखरबाट परिचालित छन् । शर्माले ५ लाख रुपैयाँ शेखरलाई मासिक घर खर्चका लागि मात्रै दिने गरेको चर्चा छ । हाम्रो अपहरणपछि अन्य सञ्चालकलाई बोलाएर शेखरकै अगाडि शर्माले धम्की र त्राससहित शेयर बिक्री गर्ने कागजमा हस्ताक्षर गराएका हुन् ।

मैले मेडिकलमा एमडी र अमेरिकाबाट कार्डीयोलोजीमा एक वर्ष एएफसीसी गरेको हुँ । म पोलिटिकल्ली काँग्रेस व्याक ग्राउण्डको हुँ । म र मेरो परिवारलाई काँग्रेसलाई धेरै दिएका छांै । तर, काँग्रेसले मलाई केही दिएन । जहिल्यै शोषण मात्र ग¥यो । नेपाली काँग्रेसमा मैले नाताबाद कृपाबाद र बंशवाद देखे । यसैले आफ्नो संरक्षणका लागि म एमालेमा प्रवेश गरेको हुँ । मलाई सबैले किन ढिला गरेर प्रवेश गरेको भने । तर, सबैले राम्रो मान्छे पार्टीमा आएको भनेर स्वागत गरेका छन । मेरो बिचारमा एमाले काँग्रेसभन्दा धरै राम्रो पार्टी हो ।
षड्यन्त्र, तिकडम र अपराधिक हर्कत प्रयोग गरेर नाबेल कब्जा गरेर सुनिल अहिले काँग्रेसबाट संसदको उम्मेदवार बनेका छन् । जसको बिगत नै जालझेलले बनेको छ उसले भोलि देशको सेवा गर्छ भन्ने पत्याउनु मुर्खता मात्र हो । सुनिल राजनीतिबाट आफ्नो पुरानो अपराधिक पृष्ठभुमिलाई छोप्न चाहन्छ । उसको चाहना यही हो । उसलाई शेखरको प्रत्यक्ष संरक्षण र निर्देशन छ ।

मत ३ नम्बर क्षेत्रका मतदाताहरुलाई आग्रह गर्न चाहन्छु । धोकाधडी र जालझेलका लागि माहिर शर्माको भ्रममा नपर्नुस् । उनी क्षेत्रकै विकास र स्थानीयको समस्या समाधान गर्न इमानदार भए किन सांसद बन्नुप¥यो ? यसअघि उनले किन यस्ता निःशुल्क शिविर गरेनन् ? मतदाताले सोच्नुपर्छ ।

 

विशेष