विचित्र विश्व

८ हजार वर्ष पुरानो अंगुरबाट बनेको ‘वाइन’ फेला पर्‍यो

८ हजार वर्ष पुरानो अंगुरबाट बनेको ‘वाइन’ फेला पर्‍यो

काठमाडौं । वैज्ञानिकहरुले ८ हजार वर्ष पुरानो माटोको भाँडोमा राखिएको अंगुरको ‘वाइन’ जर्जीयामा फेला परेको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले उक्त ८ हजार वर्ष पुरानो माटोको भाँडो र केहि ‘वाइन’का अवशेषहरु अहिलेसम्म कै सबैभन्दा पुरानो अंगुरको वाइन बनेको प्रमाण भएको बताएको हुन् ।

जर्जीयाको राजधानी तबलिसीदेखि दक्षिण दुई क्षेत्रमा फेला परेको उक्त माटोको भाँडो नवपाषण युगसँग सम्बन्धित रहेको बताइएको छ ।

‘प्रोसेसिंग अफ द नेशनल एकेडेमी अफ साइन्सेस्’ प्रकाशित अध्ययनमा भनिएको छ, ‘एकजना नाचिरहेको जस्तो देखिने उक्त माटोको भाँडोमा केहि अंगुरबाट बनेको वाइनको अवशेष भेटिएको छ ।’

टोरोन्टो विश्वबिद्यालयको वरिष्ठ अनुसन्धानकर्ता तथा यस अध्ययनका सह–लेखक स्टीफन बाट्युकका अनुसार उक्त भाँडोमा भेटिएको ‘वाइन’ जंगलमा पाइने यूरेसियाई प्रजातीको अंगुरबाट बनेको छ । उनले भने, ‘ यूरेसियाई प्रजातीको अंगुरबाट वाइन बनाइने पद्धती सबैभन्दा पुरानो हो ।’

बीबीसीका अनुसार यसअघि अंगुरबाट वाइनु बनाइएको सबैभन्दा पुरानो प्रमाण इरानमा भेटिएको थियो । इरानमा भेटिएको उक्त वाइनु कम्तिमा पनि ७ हजार वर्ष पुरानो मानिएको थियो ।

त्यस्तै, सन् २०११ मा अर्मेनियाको एक गुफामा ६ हजार पुरानो अंगुरबाट बनाइएको वाइनुको अवशेष भेटिएको थियो भने अंगुरबिना चामल, शख्खर र अन्य फलबाट बनाइएको ७ हजार वर्ष पुरानो वाइनुको प्रमाण चीनमा फेला परेको बीबीसीले उल्लेख गरेको छ ।

विशेष