विचित्र विश्व

हिटलरको हाफ पाइन्ट ५ लाखमा विक्रि

हिटलरको हाफ पाइन्ट ५ लाखमा विक्रि

एजेन्सी । हालै अमेरिकामा भएको एक लिलामीमा जर्मन तानाशाह एडोल्फ हिटलरले लगाउने गरेको हाफ पाइन्ट ५ हजार डलर अर्थात् रु५ लाख भन्दा बढी रुपैयाँमा लिलामी भएको छ ।

वास्तवमा सन् १९३८ मा हिटलर अस्ट्रियाको पार्क होटल ग्रेजमा बसेका थिए । त्यहाँ नै उनको हाफ पाइन्ट छुटेको थियो । पार्क होटल ग्रेजका मालिकका नातिले बताए अनुसार, हिटलर सन् १९३८ मा ३ र ४ अप्रिलमा त्यस होटलमा बसेको बताए ।

अमेरिकाको एलेकजेण्डर हिस्टोरिकल अक्सनका अनुसार सेतो रंगको १९ इन्च लामो यस हाफ पाइन्टको कम्पर ३९ इन्च चौडाई रहेको छ । यसमा हिटलरको साइन अर्थात एचएचभी पनि दर्ज छ । त्यसैगरी हिटलरको दुर्लभ आत्मकथा मेनकिम्फको हस्ताक्षरित दुर्लभ प्रति पनि लिलामीमा राखिएको थियो ।

विशेष