विचित्र विश्व

कुकर पाल्ने मानिसको आयु धेरै !

कुकर पाल्ने मानिसको आयु धेरै !

स्वीडेन। स्वीडेनमा गरिएको एक अध्ययनले कुकुर पाल्ने मानिसहरुमा मुटुरोग तथा अन्य रोगका कारण मर्ने खतरा कम हुने तथ्य देखाएको छ ।

४० देखि ८० वर्षका करिव ३४ लाख मानिसहरुमा गरिएको उक्त अध्ययनले कुकुर पाल्ने मानिसहरुमा मुटुरोगलगायत अन्य प्राणघातक रोगका कारण मर्ने खतरा कम हुने तथ्य देखाएको हो ।

अध्ययनप्रमुख तथा उपासला विश्वबिद्यालयका प्रा।म्वेनिया मूबांगाका अनुसार अधिकांश एक्लो मानिस कुकुर पाल्ने गर्दछन् । उनीहरुलाई मृत्युको खतरा कुकुर नपाल्नेभन्दा ३३ प्रतिशतसम्म र मुटुरोग तथा हृदयघातको खतरा ११ प्रतिशतले कम हुने गर्दछ ।

नेचरमा अनलाइनमा प्रकाशित ‘साइन्टिफिक रिर्पोट्स’मा छापिएको यस अध्ययनको लागि अध्ययनकर्ताहरुले सन् २००१ देखि २०१२ सम्मका तथ्यांक संकलन गरेका थिए । स्वीडेनका हरेक अस्पतालबाट ‘नेशनल डाटा रेर्कड सेन्टर’मा तथ्यांक संकलन हुने गर्दछ । अध्ययनकर्ताहरुले उक्त तथ्यांकलाई अध्ययनमा समाबेस गरेका थिए ।

अध्ययनका अनुसार कुकुरले बिमारीबाट टाढा राख्ने गर्दछ । कुकुर कै कारण सामाजिक सम्पर्क बढ्ने, खुशी हुने र ती मानिसहरुको पेटमा रहने शुष्म ब्याक्टोरियाको सामुहिक रुप ‘माइक्रोबायोम’मा परिवर्तन देखा पर्ने गर्दछ । जसको कारण उनीहरुमा मुटुरोगलगायत अन्य प्राणघातक रोगको खतरा कम हुने गर्दछ ।

अध्ययनमा भनिएको छ, ‘कुकुरले घर तथा मानिसमा फैलिएको दुर्गन्धलाई परिवर्तन गर्न सक्छन् । जसको सिधा असर मानिसको ‘माइक्रोबायोम’मा पर्दछ । अध्ययनकर्ताहरुले कुकुरको प्रभाव सबैभन्दा धेरै मानिसमा देखापर्ने बताएका छन् ।

‘ब्रिटिश हर्ट फाउन्डेशन’का चिकित्सक माइक नैपटनका अनुसार कुकर पाल्नाले मुटुरोग तथा हृदयघातको खतरा कम हुने गर्दछ । यस तथ्य यसअघि नै पत्ता लगाइसकेको थियो तर निर्णयक नतिजामा पुगेको थिएन । उनले यस अध्ययनले अन्तिम निश्कर्षमा पुगेको बताए ।

बीबीसीका अनुसार उक्त अध्ययनमा सहभागी मानिसहरुमध्ये विशेषगरी शिकारी जातका कुकुर पालेका थिए । ती मानिसहरुमा मुटुरोगलगायत अन्य प्राणघातक रोगको खतरा कम देखिएको अध्ययनले देखाएको छ ।

अध्ययनकर्ताहरुले अन्य मानिसको तुलनामा कुकर पाल्नेहरु बढी शारिरीक रुपमा सक्रिय र खुशी रहेको तथ्य फेला परेकोसमेत बताएका छन् ।

डा। नैपटन भन्छन्, ‘कुकुर पाल्नाले मानिसहरु स्वस्थ रहनुका अर्को कारण उनीहरुले गर्ने मस्ती र खुशी रहने क्रियाकलाप हो ।’ यस अध्ययनका वरिष्ठ शोधकर्ता टोव फाँल बताउँछन्, ‘यसको पनि केहि सीमाहरु छन् । उनका अनुसार अध्ययनमा कुकुर पाल्ने र नपाल्नेबीच धेरै अन्तर देखिन्छ ।

विशेष