राजनीति

देशको सुरक्षा व्यवस्था फितलो भएको भन्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने

देशको सुरक्षा व्यवस्था फितलो भएको भन्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने

काठमाडौं । निर्वाचन विरोधी गतिविधी बढेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै गर्दैछन् ।

चुनावी प्रचारका क्रममा डढेलधुरामा रहेका प्रधानमन्त्री देउवाले सुरक्षा अवस्था चुस्त बनाउनेबारे गृहमन्त्रालयका अधिकारी सहित सुरक्षा अंगका प्रमुखहरुसंग छलफल गर्न लागेका हुन् । माओवादी केन्द्रबाट गएका मन्त्रीलाई बिनाविभागिय बनाएका प्रधानमन्त्री देउवाले गृहमन्त्रालयको नेतृत्व पनि आफैले गरेका छन् । कैलालीको धनगढीमा रहेका प्रधानमन्त्री देउवा आज काठमाण्डौँ फर्के लगत्तै बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिने तयारी गरेका उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

निर्वाचन बिथोल्ने गरी भईरहेका आक्रमण र ध्वंसात्मक गतिविधिलाई निस्तेज पारी निर्वाचन सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएका प्रधानमन्त्री देउवाले काठमाण्डौ फर्के लगत्तै सुरक्षा अवस्थाबारे छलफल गर्न लागेका हुन् । उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गर्ने तथा विद्युतीय धराप राख्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न आवश्यक पर्ने कदमबारे छलफल गर्ने ।

देउवा आज विहान १० बजे कैलालीबाट काठमाडौं आउँदै छन् । त्यसअघि काठमाण्डौमा उत्रिए लगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशप्रति श्रद्धाञ्जली दिन लाजिम्पाटस्थित दाहाल निवास जाने परियारले बताए ।

विशेष