राजनीति

बाबुलाई जिताउन देवयानी राणा बेलायतबाट फर्केर सिन्धुपाल्चोकमा

बाबुलाई जिताउन देवयानी राणा बेलायतबाट फर्केर सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक। राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा आफ्नो चुनावी क्षेत्रमा यतिबेला निकै व्यस्त छन् । बुढ्यौली शरीर भए पनि चुनावी अभियानमा उनको जोस घटेको छैन।

केही दिनअघि मात्रै अभिनेत्री रेखा थापा राणाको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ पुगेर चुनावी अभियानमा सरिक भइन्। राणालाई साथ दिँदै उनकै पक्षमा मतदान गर्न सर्वसाधारणलाई अनुरोध गरिन्। राणा सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
राणालाई छोरी देवयानीले सक्रियतापूर्वक साथ दिइरहेकी छिन्। बुबालाई जिताउनकै लागि भनेर उनी बेलायतबाट केही दिनअघि नेपाल आइपुगेकी हुन्।

सिन्धुपाल्चोक– २ का विभिन्न गाउँमा पुगेर उनी मतदाताहरुलाई भोट फकाइरहेकी छिन्। ठाउँठाउँमा उनले बुबाको पक्षमा भोट हाल्न भन्दै भाषण समेत गर्दै आएकी छिन्।

सो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट राणा र वाम गठबन्धनबाट शेरबहादुर तामाङ चुनावी मैदानमा छन् । २०५८ जेठ १९ गतेको नारायणहिटी दरबार हत्याकाण्डपछि देवयानीको नाम निकै चर्चामा आएको थियो । 

विशेष