राजनीति

उम्मेदवारी दर्ता गराउँदै यसो भने रविन्द्र मिश्रले

उम्मेदवारी दर्ता गराउँदै यसो भने रविन्द्र मिश्रले


काठमाडौं । विवेकशीला साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्रले काठमाडौँ १ मा प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गराएका छन् । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको निर्वाचनका लागि उनले भर्खरै मनोनयन दर्ता गरेका हुन् ।

उमेदवारी मनोनयनपछि मिश्रले मतदाताको मन बदल्नुपर्ने आवश्यकता रहेको बताए । परिवर्तनका लागि आफ्नो उमेदवारी रहेको भन्दै उनले आफ्नै कालमा देश रुपान्तरणको पक्षमा जाने बताए । उक्त क्षेत्रमा अहिलेसम्म मिश्रसहित ४ जनाको उमेदवारी परेको छ ।

विशेष