राजनीति

राठोरको अर्ध राजनीतिक चरित्र, कांग्रेस प्रवेश गरेपनि एमालेको झण्डा बोक्न छोडेनन्

राठोरको अर्ध राजनीतिक चरित्र, कांग्रेस प्रवेश गरेपनि एमालेको झण्डा बोक्न छोडेनन्

काठमाडौं । चुनावको मुखैमा एमाले त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका पूर्व शिक्षा राज्य मन्त्री एवम् निवर्तमान संसदको अनुशासन समितीका सभापति मोहन सिंह राठोरले प्रदेश नं. ७ को कैलाली क्षेत्र न.ं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधी सभाको लागी मनोनयन दर्ता गराएका छन् । तर उनले आफ्नो फेसबुक स्टाटसमा आफू अझै एमाले नै रहेको प्रमाण भने दिई नै रहेको देख्न सकिन्छ ।

राठोरले कांग्रेस प्रवेश गरेपनि फेसबुक प्रोफाईलको कभर फोटो भने परिवर्तन गरेका छैनन् । उक्त कभर फोटोमा राठोरले जनताको बहुदलीय जनवाद लेखेको ब्यानर जहाँ रातो र ठुलो शूर्यको चित्र छ, अझै प्रयोग गरिरहेका छन् ।

जनताको बहुदलीय जनवादको लोगो कनै पनि कांग्रसीले प्रयोग गरेको देखिदैँन भने नेपाली कांग्रेसले मदन भण्डारीलाई नभई बिपी कोइरालालाई आफ्नो धरोहर मान्ने गरेको छ । मनोनयनको हतारोले फेसबुकमा झोक्राईरहने राठोरले उक्त लागो हटाउन फुर्सद पाएनन् अथवा उनका आँखाले केवल प्रतिनिधीसभाको टिकट मात्र देखिरहेको छ, यो भने बुझ्न सकिएको छैन् ।

विशेष