राजनीति

विरासत ढाल्ने र भत्काउने प्रतिस्पर्धा

विरासत ढाल्ने र भत्काउने प्रतिस्पर्धा

भक्तपुर । भक्तपुरको निर्वाचन क्षेत्र १ यसपटक विशेष चर्चामा छ । ०४८ यता यही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का अध्यक्ष नारायणमान बिजुक्छेले यसपालि उम्मेदवारी नदिएका कारण यहाँको चुनावी समीकरण बढी चर्चामा छ ।

बिजुक्छेले अन्य कुनै क्षेत्रबाट उम्मेदवारी दिन यो क्षेत्र छाडेका भने होइनन् । युवा पुस्तालाई अवसर दिन उनले यस्तो निर्णय गरे । उनको यो निर्णयको चौतर्फी प्रशंसा भइरहेको छ । नेमकिपाले पार्टी सचिव प्रेम सुवाललाई यस क्षेत्रको प्रतिस्पर्धामा उभ्याएको छ ।

बिजुक्छे प्रत्यक्षमा भिड्दा समानुपातिक सूचीमा राखिने सुवाल अहिले पार्टी अध्यक्षको विरासत जोगाउन लागिपरेका छन् ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष