राजनीति

कांग्रेसले किन तोकेन गृहमन्त्री ?

कांग्रेसले किन तोकेन गृहमन्त्री ?

काठमाडौं । निर्वाचनको सामुन्नेमा श्रृखलाबद्ध रुपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ ।

एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार मात्रै गृह मन्त्रालयमा आयोजीत प्रदेश नम्बर तीनको सुरक्षा बैठकमा उपस्थित हुनेगरी पहिलोपटक प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवा मन्त्रालयमा पुगेका थिए ।

कार्यक्रममा करिब आधा घन्टा बसेका देउवा त्यसलगत्तै वालुवाटार पुगेका थिए । गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला प्रत्येक पल पलमा गृहमन्त्रीको ठाडो निर्देशन पर्खिनुपर्ने बेलामा प्रधानमन्त्री ब्यस्त हुँदा कतिपय तत्काल गर्नुपर्ने काम प्रभावित हुने गरेका छन् ।

आजको कान्तिपुरमा खबर छ ।

विशेष