राजनीति

नेमकिपा अध्यक्ष बिजुक्छेले के गरे यस्तो ?

नेमकिपा अध्यक्ष बिजुक्छेले के गरे यस्तो ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे २१ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नै बनेनन् । लगातार पाँच पटक चुनाव जितेका अध्यक्ष बिजुक्छेको यो निर्णयलाई आश्चर्यजनकरुपमा हेरिएको छ । नयाँ पुस्तालाई अवसर दिन आफू चुनावमा नउठ्ने निर्णय गरेको उनको भनाइ छ । 

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका छन् । दुबै निवर्तमान सांसद हुन् । नेमकिपाले प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’ सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।

 

विशेष