विचित्र विश्व

चारघण्टा लगातार सेक्स गरेर पूर्वपतिको आन्द्रा भुडी निकालेर मार्न खोज्ने यी कस्ती महिला

चारघण्टा लगातार सेक्स गरेर पूर्वपतिको आन्द्रा भुडी निकालेर मार्न खोज्ने यी कस्ती महिला


एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।

एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् । त्यसपश्चात उनले पतिलाई चक्कु रोप्ने काम गरेकी थिइन् । आरोपी महिलाको नाम डाल्या सैयद हो जसले आफ्नो पुर्व पति बिलाल मिआहको ज्यान लिने प्रयास गरिन् । यो घटना बेलायतको बर्गिह्याममा भएको हो । सन् २०१३ देखि यो जोडी छुट्टिएर बस्दै आइरहेको थियो । उनीहरुबीच छोरीलाई लिएर तनाब रहेको थियो । आफुसँग छोरी राख्न दुवै जनाले कोर्टको सहायता लिएका थिए । डाल्यालाई डर थियो कि बिलालले कतै छोरीलाई आफुसँग राख्नेछन् र पाकिस्तान लिएर जानेछन् ।  

बिलालका अनुसार त्यो पल निकै दर्दनाक र डरलाग्दो थियो । उनी भन्छन्,‘जब डाल्याले काटिएको पेटबाट आन्द्रा निकाल्ने प्रयास गरिन्, म उनी देखि पर भाग्न प्रयास गरिरहेको थिए ।’ उनी यस घटना पश्चात फरार हुने कोशिसमा रहेकी थिइन् ।

तर, बिलालले उनलाई समात्ने प्रयास गरे । तर, डाल्याले पुन बिलाललाई चक्कु रोप्ने काम गरिन् । प्रहरीका अनुसार बिलालको पेटमा ३० वटा टाका लगाइएको छ । उनलाई १० दिनसम्म अस्पतालमा रहेका थिए । डाल्या आफुलाई मार्न आएको नियतबारे बेखबर रहेको बिलालले कोर्टमा बताएका थिए ।

विशेष