राजनीति

रामेछापको माओवादी आन्दोलनकी सतिसाल, लक्ष्मीदेवी गुरूङ

रामेछापको माओवादी आन्दोलनकी सतिसाल, लक्ष्मीदेवी गुरूङ

रामेछाप । देशमा यहि मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ ।

चुनावी माहौलले पूरै देश तोतेको छ । नेकपा माओवादी केन्द्रले ३ नं। प्रदेश रामेछापबाट समानुपातिकतर्फको उम्मेदवारको रूपमा लक्ष्मी गुरूङलार्इ अगाडि सारेको छ । लक्ष्मी गुरूङ रामेछापको माओवादी आन्दोलनको एक जुझारू महिला नेतृ हुन् । राजनीतिक जीवनमा आएको थुप्रै आँधि र हुरीले पनि नढलेको एक सतिसाल हुन् । उनी एक सहिद परिवार पनि हुन् । जनयुद्धको क्रममा आफ्नो जीवन साथी सहिद क. नेत्रकुमार श्रेष्ठ र सासु आमा चन्द्रमाया श्रेष्ठ समेत गुमाएकी थिइन ।

 

शहीदहरूको सपना पुरा गर्न निरन्तर राजनीतिक आन्दोलनमा अविचलित भएर लागिरहेकी छन् । देशको आमूल परिवर्तनका लागि टाउकामा कात्रो बाँधेर जनयुद्धमा होमिएका एक अथक योद्धा लक्ष्मी गुरूङको जन्म वि.स. २०३७ असोज ९ गते माता पम्फा गुरूङ र पिता झपड गुरूङको सुपुत्रीको रूपमा रामेछामको दुरागाउँमा भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेकी लक्ष्मी गुरूङले स्कुले जीवनदेखी नै राजनीति सुरू गरेकी थिइन । २०५१ सालमा त्रिपुरेश्वर माध्यमिक विधालयकाे स्ववियु अध्यक्ष । २०५२ सालमा अनेरास्ववियुकाे जिल्ला सह-सचिवमा निर्वाचित लक्ष्मी  २०५० सालमा अनेरास्ववियुको निर्वाचित जिल्ला सह–सचिव, २०५५ मा नेकपा एमाले इलाका सदस्य रहेकी थिइन् ।

यो समयमा देशको आमुल परिवर्तनका लागि जनयुद्ध चलिरहेको थियो । त्यसपछि तत्कालिन एमालेमा बसेर जनताको मुक्ति हुने नदेखेर उहाँले एमाले छाडेर नेकपा माओवादीबाट राजनीति सुरू गरेकी हुन् । लक्ष्मी २०५६ सालमा नेकपा माओवादीको सव–एरिया सदस्यको जिम्मेवारी सम्हाल्दै २०५७ साल भदौबाट ओखलढुङ्गा र रामेछाप कार्यक्षेत्र हुनेगरी भूमिगत भइन । त्यो यस्तो समय थियो कि माओवादी हुने भनेको जुनसुकै बेला शहीद हुन तयार हुने कुरो थियो ।

रामेछापको पहाडी झोपडिमा जन्मीनुभएको एउटा छोरी जनताको मुक्तिका लागि मृत्यु स्वीकार गरेर जनयुद्धको बाटोमा हिड्ने कुरा सामान्य थिएन । २०५८ सालमा माओवादी पार्टीको जिल्ला कमिटी सदस्य भएका लक्ष्मी गुरूङ २०५९ सालमा जनकपुर (सगरमाथा व्युरोको तमु मोर्चाका संयोजक भए ।

२०६३ सालमा रामेछाप(ओखलढुङ्गा अनेमसंघ क्रान्तिकारीको जिल्ला सचिव, २०६४ मा नेकपा माओवादी ताम्सालिङ राज्य कमिटी सदस्य र संविधान सभाको सदस्यमा पनि निर्वाचित भइन् । त्यसैगरी २०६६ सालमा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको महासचिव बन्न सफल भइन । लक्ष्मीलार्इ माओवादी पार्टीले २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा रामेछापको क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको थियो ।

लक्ष्मी गुरूङको भन्नुहुन्छ, “म पवित्र राजनीतिक उद्देश्यकासाथ शोषित, पीडित, अन्याय, अत्याचार, राजनीतिक र सामाजिक रूपमा विभेदमा परेका जनताका अधिकारको पक्षमा सधै डटेर लडिरहने छु । संविधानमा लिपिबद्ध भएका जाति, जनजाति, क्षेत्रफ वर्ग, लिङ्गको अधिकारहरू सुनिश्चित गराउन र जनताका मौलिक अधिकार गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको लागि संविधानको कार्यान्वयनमा लागिरहने छु ।

त्यसैगरी देशको शान्ति, समृद्धि, दिगो विकास र समाजवादी अर्थतन्त्रको लागि, नयाँ युगको नेपालीपनको समाजवाद निर्माणको लागि महान सहिदहरूले देखाएको बाटोमा अविचलित लागिरहने प्रतिज्ञा गर्दछु ।” हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेकी गुरूङ पार्टीको तर्फबाट ३ नं। प्रदेश सभाको समानुपातिक उम्मेदवार गुरूङको भन्छिन्, “म पवित्र राजनीतिक उद्देश्यकासाथ शोषित, पीडित, अन्याय, अत्याचार, राजनीतिक र सामाजिक रूपमा विभेदमा परेका जनताका अधिकारको पक्षमा सधै डटेर लडिरहने छु ।

संविधानमा लिपिबद्ध भएका जाति, जनजाति, क्षेत्रवर्ग, लिङ्गको अधिकारहरू सुनिश्चित गराउन र जनताका मौलिक अधिकार गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको लागि संविधानको कार्यान्वयनमा लागिरहने छु । त्यसैगरी देशको शान्ति, समृद्धि, दिगो विकास र समाजवादी अर्थतन्त्रको लागि, नयाँ युगको नेपालीपनको समाजवाद निर्माणको लागि महान सहिदहरूले देखाएको बाटोमा अविचलित लागिरहने प्रतिज्ञा गर्दछु ।”

 

 

विशेष