राजनीति

ओलीले भेटे बम विस्फोटमा घाइते भएकालाई

ओलीले भेटे बम विस्फोटमा घाइते भएकालाई

चितवन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहट बमकाण्डमा परी घाइते भएका पीडितहरुलाई भेटेका छन्।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका पीडितहरुलाई भेटी उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिए। गत मंसिर २ गते रौतहटको चन्द्रपुरमा वाम गठबन्धनले गरेको चुनावीसभामा सहभागी भएका बेला बम पड्किँदा घाइते भएकामध्ये ६ वर्षीय बालक जैविक राईसहित आमा सरिताको चितवनमा उपचार भइरहेको छ। 

अज्ञात समूहले बम विस्फोट गराउँदा त्यहाँ ८ जना घाइते भएका थिए। यसअघि मंगलबार साँझ मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

विशेष