सरदार विप्लवले दिए कार्यकर्तालाई उर्दी– अब उम्मेदवारहरुलाई नै कब्जा गर्नू
काठमाडौं । सुरक्षा निकाय र प्रशासकहरुले विप्लव समूहको शक्तिप्रति नजर अन्दाज गर्दै गर्दा सो पार्टीले भने उम्मेदवारलाई नै कब्जा गर्नेसम्मको योजना बनाएर कार्यकर्ता परिचालन गरेको खुलेको छ ।
मंसिर २ गते चुनाव खारेजी अभियान र पार्टी नीतिबारे वक्तव्य जारी गरेका नेकपा महासचिव नेत्रविक्रम चन्दले त्यसअघि नै मंसिर १० गते विशेष अभियान चलाउन र मंसिर ७ गते देखि ९ गतेसमम उम्मेदवार कब्जा गर्न तल्ला तहका कमिटीहरुमा परिपत्र गरेको फेला परेको छ । उनले कात्तिक १९ गते नै चुनाव खारेजी अभियान कार्यकर्तासमक्ष पुर्याइसकेको छ ।
तर क्षेत्रीय प्रशासकहरुले दिएको सुरक्षासम्बन्धी रिपोर्टमा भने विप्लव समूहले दुई चार जना ठूला नेतालाई आफ्नो निशाना बनाएको मात्रै उल्लेख छ । यसरी केही ठूला नेतालाई भौतिकरुपमै सिध्याउने योजना भनेको ०५२ सालकै ट्रेन्ड हो । सुरुमा हिट एन्ड रनको विधि अपनाउने र मानिसहरुलाई तसाृएर आफ्नो शक्ति बढाउँदै जाने योजनामा उनीहरुको रहेको ठम्याई गृहका हामिकहरुको छ । विल्पवले यसपटक प्रशासक र भ्रष्टहरुलाई टार्गेटमा राखेका छैनन् । अनि यही बेला संयोगवश अख्तियार पनि केही सल्बलाएको देखिएको छ ।
–जनआस्था साप्ताहिकबाट