राजनीति

मतदाताहरुको प्रश्नः नेताज्यू, कहिलेबाट जहाज नियमित उड्छ ?

मतदाताहरुको प्रश्नः नेताज्यू, कहिलेबाट जहाज नियमित उड्छ ?

कालिकोट। ३१ वर्ष लगाएर निर्माण भएको कोटवाडास्थित सुनथराली विमानस्थल सञ्चालनमा आएको छैन। एक वर्षअघि परीक्षण उडान गरियो तर विमानस्थल सञ्चालनमा आएन।

पञ्चायतयता चार दशकदेखि यही विमानस्थल चुनावी एजेन्डा बनेको छ । विमानस्थल सञ्चालन नहुँदा अहिले मतदाता सार्वजनिक रूपमै आक्रोश पोख्न थालिरहेका छन् ।

बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई मतदाता रिझाउन कम्ती हम्मेहम्मे परेको छैन। किनभने जिल्लाका मतदाताले अहिलेसम्म कुनै पनि उम्मेदवारलाई दोर्होयाएर जिताएका छैनन्। स्थानीय तहको मतपरिणाम हेर्दा वाम गठबन्धन बलियो छ। शाही ०७० को संविधानसभामा निर्वा्चित भएर मन्त्री पनि बने।

जिल्लाबाट वाम गठबन्धनबाट प्रदेशसभा ९ख० का उम्मेदवार बनेको माओवादी केन्द्रका नेता शाहीलाई दुई वामको मतबाट जित्न सहज हुनुपर्ने हो तर जित दोर्होयाउन सुनथराली विमानस्थलमा चिलगाडी जहाज ल्याउनुपर्ने दबाब छ।

अस्थिर मतदाताले विमानस्थललाई प्रतिष्ठाको विषय बनाएपछि अहिले शाही मात्र होइन, सबै दलका उम्मेदवारको प्राथमिकतामा विमानस्थल सञ्चालन परेको छ।

सबै उम्मेदवार जहाज उडाउने आश्वासन बाँड्दै हिँडेका छन्। प्रदेशसभाका कांग्रेस उम्मेदवार कालिबहादुर सहकारीको मुख्य चुनावी एजेन्डामा पनि विमानस्थल नै छ।

भौगोलिक रूपमा विकट र यातायातको पहुँच नभएका कारण यो क्षेत्रका बासिन्दा पैदल हिँड्न बाध्य छन्। वर्षौंदेखि आँगनबाटै जहाज चढ्ने सपना बुनेका स्थानीयको आकांक्षा बुझेका उम्मेदवार र दलले जहाज उडाउने वाचा गरेका छन्।

आजको अन्नपूर्णमा खबर छ ।

विशेष