राजनीति

उद्योगमन्त्री सुनिलकुमार थापालाई लक्षित गरी बम प्रहार

उद्योगमन्त्री सुनिलकुमार थापालाई लक्षित गरी बम प्रहार


काठमाडौँ । उद्योग मन्त्री सुनिलकुमार थापालाई लक्षित गरी धनकुटामा शुक्रबार बिहान बम प्रहार भएको छ । धनकुटाको छिन्ताङ सहिद भूमि गाउँपालिकामा मन्त्री थापाको टोलीलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

बम विस्फोटनको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

बम विस्फोटका कारण कुनै क्षति भएको छैन । मन्त्री थापा बम विस्फोट भएको स्थानबाट २ मिटर परभएकोले कुनै क्षति नभएको प्रहरीले जनकारी दिएको छ।

विशेष