राजनीति

सिन्धुपाल्चोकमा दिपेन्द्रकी प्रेमिका देवयानीमाथी बोतल प्रहार

सिन्धुपाल्चोकमा दिपेन्द्रकी प्रेमिका देवयानीमाथी बोतल प्रहार


चौतारा । मौन अवधिमा चुनावीसभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् ।

बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले स्कर्टिङ गरेर काठमाडौं पठाएका छन् ।

शुक्रबार विहान चौतारा नगरपालिकाको कल्लेरीस्थित कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेको भन्दै वामपन्थी कार्यकर्ताले आपत्ति जनाएका थिए ।

सो क्रममा विवाद हुँदा एकजनाले पानीको जार उठाएर देवयानीमाथि प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीका कार्यकर्ताले बिरोध जनाएका हुन् । पानीको जारले देवयानीलाई लाग्न पाएन । उनलाई तत्कालै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले सो ठाउँबाट भगाएको बताइएको छ ।

विशेष