राजनीति

विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

काठमाडौं ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ ।

पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे ।

उनले गोप्य रूपमा निर्वाचनविरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडगबहादुर खत्रीले विप्लवका कार्यकर्तासँगै निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचना पाएपछि वाङदुङलाई पक्राउ गरिएको बताए । आजको अन्नपूर्णमा खबर छ ।

विशेष