कहाँ कहाँ कस्ता कस्ता लफडा भए ? विस्तृतमा
दोलखाः तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा मतदान केन्द्रनै कब्जा गर्ने प्रयास । बुथ कब्जा गर्न आएको समूहले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरेको थियो ।
रोल्पाः रोल्पाको एउटा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । माडीखोला गाउँपालिका वडा नं. १ स्थित पेदीखोला मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो ।
सिन्धुपाल्चोकः लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच शनिबार राति झडप । कांग्रेस र राप्रपाका साझा उम्मेदवार पशुपतिशमशेर राणाका कार्यकर्ता पैसा बाँड्न हिँडेको भन्दै वाम गठबन्धनका कार्यक्रताद्वारा अवरोध गर्दा झडप । दुई घाइते । देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर । तीन जना सामान्य घाइते ।
बझाङः जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै आइतबार बम फेला ।
पश्चिम बागलुङः पश्चिम बागलुङमा प्रेसर कुकर र सुतली बम फेला ।
गोरखाः गोरखाका पाँच वटा बुथ माओवादी कार्यकर्ताले कब्जा गरेको नयाँ शक्तिको आरोप । गण्डकी गाउँपालिकास्थित आधारभूत विद्यालय मतदान केन्द्र नजिकै बम बिष्फोट ।