राजनीति

सर्लाही–४ का बामगठबन्धन उम्मेद्वारको उम्मेदवारी खारेज, राजपा र कांग्रेसमा कसलाई फाइदा ?

सर्लाही–४ का बामगठबन्धन उम्मेद्वारको उम्मेदवारी खारेज, राजपा र कांग्रेसमा कसलाई फाइदा ?

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेका यादवको उम्मेदवारी शनिबार निर्वाचन आयोगले खारेज गरेको हो ।

सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा उजुरी दिएका थिए । १९ कात्तिकमा दिएको उजुरीमाथि आयोगले सुनुवाइ अघि नबढाएको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफसमेत मागेको थियो ।

तर आयोगले सर्वोच्चलाई जवाफ पठाउनुअघि नै शिवपुजनको उम्मेदवारी खारेज गरेको हो । ‘उहाँको उम्मेदवारी खारेज गरिएको छ,’ सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले भने ।

शिवपुजन पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद बनेका थिए । कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यसविरुद्ध परेको पुनरावेदन भने सर्वोच्चमा अझै विचाराधीन छ ।

मतदानको १० दिनअघि मात्र उम्मेदवारी खारेज गरिएकाले अब सर्लाही–४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्रबीच प्रतिस्पर्धा हुनेछ ।

 

विशेष