राजनीति मुख्य समाचार

आज दोस्रो चरणको उम्मदवारी दर्ता

आज दोस्रो चरणको उम्मदवारी दर्ता


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायत शीर्ष नेता र दोस्रो तहका अधिकांश नेताहरू दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दिँदै छन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदवार हुन चाहनेलाई शान्तिपूर्ण एवं उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गर्न आहवान गरेका छन् ।

आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी मनोनयनका लागि उच्च सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको बताए ।

दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ । प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडी जिल्लामा निर्वाचन हुनेछ ।

विशेष