कला साहित्य

गजल

उमेश न्यौपाने

गजल


नत अन्त कतै नजर ठोकिने छ तिमी बिना
मुटुको धड्कन समेत रोकिने छ तिमी बिना

जिस्किएर भुल भन्दा जिउँदो लास झै हुन्छु
जिउँदो लासलाई चितामाथी बोकिने छ तिमी बिना

संसार हेर्ने आँखाको नानी ठान्छु तिमीलाई
यी आँखा ने सदाका लागी चिम्लीने छ तिमी बिना

एउटै मुटू, एउटै धड्कन, एउटै सास फेर्न मन छ
आफ्नै दाँतले आफ्नै जिब्रो टोकिने छ तिमी बिना

छटपटी नी अति हुन्छ एकछिन टाढा भईयो भने
सीधै मेरो अर्को जन्म तोकिने छ तिमी बिना।।

विशेष