राजनीति

तमसुक लेखेर सरकार फेर्ने व्यवस्थाको अन्त्य गर्ने दाहालको उद्घोष

तमसुक लेखेर सरकार फेर्ने व्यवस्थाको अन्त्य गर्ने दाहालको उद्घोष

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताएका छन् ।

भरतपुर महानगरपालिका– २४ को नयाँ बस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ-नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरिएको जिकिर गरे ।

उनले भने, ‘वाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुशी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेसभित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्ति पनि खुशी छन् ।’

आजै बिहान देवीचोक र दीपचोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्ट सरकार आएपछि देश विकासले गति लिने जिकिर गरे । सो क्रममा विभिन्न दल छाडेर माओवादी केन्द्रमा आएका कार्यकर्तालाई स्वागत गरिएको थियो ।

विशेष