राजनीति

कांग्रेसले खटायो निर्वाचनका लागि प्रतिनिधि, को कहाँ ?

कांग्रेसले खटायो निर्वाचनका लागि प्रतिनिधि, को कहाँ ?

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले दोस्रो चरणअन्तर्गत हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कोको कहाँ परे ?

इलाममा तारामान गुरुङ, झापामा केशव निरौला, तेह्रथुममा उत्तमप्रसाद चापागाईं, धनकुटामा बालकृष्ण थापा, मोरङमा खिलानाथ दाहाल, सुनसरीमा थलकुमार लिंखा, उदयपुरमा प्रेमध्वज लामा, सप्तरीमा चित्रलेखा यादव, सिरहामा महेन्द्रप्रसाद यादव, सिन्धुलीमा बालचन्द्र पौडेल।

धनुषामा बजरङ्ग नेपाली, महोत्तरीमा स्मृतिनारायण चौधरी, सर्लाहीमा रामचन्द्र तिवारी, काठमाडौँमा प्रेमबहादुर खड्का, भक्तपुरमा कमला पन्त, ललितपुरमा डा राजाराम कार्की, काभ्रेमा बहादुर सिंह ९लामा० तामाङ, मकवानपुरमा जीवनप्रेम श्रेष्ठ, रौतहटमा गणेशचन्द्र तिमल्सिना, बारामा राजकृष्ण अमात्य, पर्सामा शोभाकर पराजुली, चितवनमा भीम ढुंगाना।

कास्कीमा तुलसीनारायण श्रेष्ठ, तनहुँमा रामनाथ अधिकारी, स्याङ्जाम डा नारायण चापागार्इं, गुल्मीमा डा टकराज गुरुङ, पाल्पामा चन्द्रबहादुर कुँवर, अर्घाखाँचीमा रेशम बाँनिया, नवलपरासी ९पूर्व० मा किरण पौडेल, नवलपरासी ९पश्चिम०मा प्रमोद शर्मा, रुपन्देहीमा अयोध्या यादव, कपिलवस्तुमा जयबहादुर टण्डन, पर्वतमा मणिभद्र शर्मा, प्यूठानमा बालकृष्ण पाण्डे, सल्यानमा जितविक्रम मल्ल र दाङमा प्रा डा धनेश्वर नेपाल।

दैलेखमा कान्तिका सैजवाल, सुर्खेतमा धु्रव अधिकारी, बाँकेमा अब्दुल सतार, बर्दियामा उद्धव सिग्देल, अछाममा प्रा डा अक्कलदेव मिश्र, डोटीमा रीता शाही, कैलालीमा देवराज जोशी र कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू।

विशेष