रोजगार

सात लाखले पाए अध्यापन अनुमतिपत्र

सात लाखले पाए अध्यापन अनुमतिपत्र

काठमाडौं । शिक्षक सेवा आयोगले हालसम्म सात लाख ६५ जनालाई अध्यापन अनुमतिपत्र वितरण गरिसकेको छ । विद्यालय तहमा अध्यापन गर्न स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरिएपछि आयोगले २०६१ सालबाट वितरण गर्न थालेको हो ।

आयोगका अनुसार प्राथमिक तहमा एक लाख ९८ हजार ८३०, निम्न माध्यमिक तहमा तीन लाख ६५ हजार २७५ र माध्यमिक तहमा एक लाख ३५ हजार ९६० जनाले लाइसेन्स प्राप्त गरिसकेका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्नका लागि २२ हजार ९८६ जनालाई अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरिसकिएको छ ।

आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा माध्यमिक तहको उत्तीर्ण प्रतिशत ५०।६ र निम्न माध्यमिक तहमा ३१।४३ प्रतिशत छ । २०६८ सालबाट प्राथमिक तहमा लाइसेन्स वितरण गर्न रोकिएको छ । एक सय पूर्णाङ्कको लिखित परीक्षामा ५० अङ्क ल्याउनेले लाइसेन्स पाउने व्यवस्था छ ।

सबै विद्यालयमा अध्यापनका लागि लाइसेन्स अनिवार्य भए पनि निजी विद्यालयमा कार्यरत अधिकाँश शिक्षकहरूका साथमा लाइसेन्स छैन भने सरकारले कडाइ गर्न सकेको छैन ।

आजको गोरखापत्रमा खबर छ

विशेष