अप्पन लोग विधि क शासन चाहतै कि निधी के शासन ? राजेन्द्र महतोकाे तरीका
धनुषा । धनुषा-३ को चुनाव देशभर चर्चाको केन्द्रमा रहेकाले पनि हुन सक्छ, राजपाका उम्मेदवार राजेन्द्र महतो दबाबमा छन् । आफ्ना प्रतिस्पर्धी कांग्रेस नेता विमलेन्द्र निधी एक साताभन्दा लामो समय काठमाडौंमा स्वास्थ्य उपचार गराएर फर्किर्दै गर्दा महतालेे भने एकसरो गाउँ तथा नगरका वडाहरु घुमिसकेका छन् ।
महतोले एकै दिनमा आफ्नो निर्वाचन क्षेत्रका दुई गाउँपालिका र एउटा नगरपालिकाका वडा तथा टोलसम्मै पुगेर मत मागिरहेका छन् । महतोको मत माग्ने ताैरतरीका नै फरक छ । एउटा वडाका फरक फरक टोलमा मान्छेहरु भेला पार्न लगाउने । आफू कहिँ गाडीबाट त कहिँ पैदल नै पुग्ने र मतदातालाई आफ्ना प्रतिस्पर्धी विमलेन्द्र निधीले मधेसविरुद्ध गरेका कामको विवरण बुँदागत रुपमा सुनाउने ।
महतोमाथि सर्लाहीबाट भागेर जनकपुरमा चुनाव लड्न आएको आरोप निधी पक्षधरले लगाइरहेका छन । महतोले यसको जवाफ पनि दिइरहेकै छन् । हरेक ठाउँमा पुगेपछि उनी भन्छन् ‘म बहरिया हो , चुनाव जितेपछि भाग्छ भनेर प्रचार गरिँदैछ तर म भाग्न होइन मधेसबिरोधी बिमलेन्द्र निधीलाई भगाउन आएको हुँ । अत्याचारीलाई भगाएरै छाड्छु । हम भागेवाला नही छी, भगावेवाला छी । ‘
आफ्ना कुरा मतदातासमक्ष राखिसकेपछि अन्तिममा महतो जनतालाई मैथिली भाषामा सोध्ने गर्छन् की अत्याचारीको भोट देबै कि नही देबै ? अप्पन लोग विधि क शासन चाहतै कि निधी के शासन ? मधेसीक भोट लेल मधेसीके हत्या करलवालाको भोट देबै ?
तलबाट नाही देबै को आवाज आएपछि उनी मतदातालाई आफूसँगै नारा लगाउने गर्छन् ‘जोर से बोलु.........जय मधेस । छाता छाप जिन्दावाद ।